‘विराटनगर म्युजिक फेष्टिभल’को टिकट खुल्ला विराटनगरको ३ स्थानमा पाईने

‘विराटनगर म्युजिक फेष्टिभल’को टिकट खुल्ला विराटनगरको ३ स्थानमा पाईने

विराटनगर,३ असोज । आगामी असोज ८ गते विराटनगरमा हुन लागेको पाँचौ संस्करणको विराटनगर म्युजिकल फेष्टिभलको टिकट बुकिङको लागी खुला गरीएको छ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरले विगत ४ बर्षदेखि आयोजना गर्दै आएको छ । यसपटको पाँचौ संस्करणको म्युजिक फेष्टिभल २०७६ को टिकट विराटनगरका विभिन्न स्थानमा पाईनेछ ।

 

म्युजिक फेष्टिभल २०७६ का कार्यक्रम संंयोजक सन्तोष महत ( स्यान्ट्रो ) का अन्सार आसोज ८ गते हुने कार्यक्रमको लागी टिकट खुला भईसकेको छ । विराटनगरको जैन भवनमा हुन लागेको कार्यक्रमको लागी एक सय रुपैया टिककको व्यावस्था गरिएको छ । सेन्ट्रोको अनुसार टिकटको लागी विराटनगर एयरपोर्ट लाईनमा रहेको ‘ह्यास ट्याग फुड एण्ड बार’ रोडशेषमा रहेको योर्सस क्याफे र क्वीकर फुड एण्ड डेलीभरीबाट पनि लिन सकिने छ । टिकटको मुल्य रु एक सय मात्र तोकीएको छ ।
कार्यक्रममा नेपालका चर्चित गायक सविन राई एण्ड फारोह व्याण्ड मुख्य कलाकार रहने जनाईएको छ । त्यसैगरी भ्वाईस अफ नेपालका पहिलो सिजनको उप विजेता विराटनगरका श्रीजे थपलियाको श्रीेजे एण्ड द प्ले व्याड, धरानको हिना एण्ड वदमास, द ग्रिन लिफ व्याण्ड, साथै विराटनगरका ख्याति प्राप्त संगितकर्मीहरुको समुह रहने आयोजकले जनाएको छ ।
विराटनगर म्युजिक फेष्टिभल २०७६ को विराटनगर महानगरपालीकाको मुख्य प्रर्वद्धकको रुपमा रहेको छ भने अनलाईन मिडिया पार्टनरको रुपमा आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्