निवर्तमान सभामुख महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश

निवर्तमान सभामुख  महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश

काठमाण्डौ ।  निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

आइतबार काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले कात्तिक २ गतेदेखि लागू हुनेगरी पाँच दिन थप थुनामा राख्ने आदेश दिएको हो ।

संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिनुभएका महरामाथि अनुसन्धान भैरहेको छ ।

यसअघि अनुसन्धान गर्न दिइएको १३ दिनको म्याद सकिएपछि अदालतले फेरि अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको म्याद थप गरिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्