सुनवर्षी नगरपालिकामा ठूलो परिमाणमा भारतीय कुखुराका चल्ला नष्ट

सुनवर्षी नगरपालिकामा ठूलो परिमाणमा भारतीय कुखुराका चल्ला नष्ट

विराटनगर । प्रहरीले विशेष सूचना एवं निरन्तर निगरानीपछि मोरङको सुनवर्षी नगरपालिकामा ठूलो परिमाणमा भारतीय कुखुराका चल्ला नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत इलाका प्रहरी कार्यालय रंगेलीबाट आइतबार खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका वडा नं. ८ विश्वकर्मा टोलमा सञ्‍चालनमा रहेको नवि हुसेनको कुखुरा फारमबाट भारतबाट अवैध रूपमा भित्र्याइएको कुखुरा नष्ट गरेको हो । ठूलो साइजको कुखुरा १ सय १० वटा, कुखुराको चल्ला १ हजार ५० वटा र केही दिन हुर्केको चल्ला १ हजार १ सयसमेत बरामद गरी नष्ट गरेको हो ।

पशु क्वारेन्टाइन कार्यालय विराटनगरका प्रमुख चिकित्सक केशवकुमार सिंहको उपस्थितिमा भएको उक्त कारबाहीमा अन्दाजी २ लाख ९३ हजार मुल्य बराबरको कुखुरा तथा चल्लाहरू नष्ट गरिएको प्रहरीले जनाएको छ । ती चल्लाहरू निजले पटना बिहारबाट उत्पादन भएका नेपालमा अवैध रूपमा भित्र्याएको पाइएको छ । बर्डफ्लुका कारण भारतबाट पंक्षी नेपाल भित्र्याउन लामो समयदेखि रोक लगाइएको छ ।

नवि हुसेन लामो समयदेखि अवैध भारतीय कुखुराहरू बिक्री वितरणमा संलग्न हुँदै आएको स्थानीय बासिन्दाको उजुरीको आधारमा उक्त अप्रेशन सञ्‍चालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी राजकुमार खिउंजुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्