चितवनसँग पराजित विराटनगर तेस्रो स्थानमा रहँदै प्लेअफमा

<span class='c1'>चितवनसँग पराजित विराटनगर तेस्रो</span> <span class='c2'>स्थानमा रहँदै प्लेअफमा</span>

काठमाण्डौ । चितवन राइनोज महिला फ्रेन्चाइज क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) को फाइनलमा प्रवेश गरेको छ ।आइतबार भएको दोस्रो खेलमा विराटनगर टाइटन्सलाई ५३ रनले पराजित गर्दै चितवन ८ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

कीर्तिपुर क्रिकेट मैदानमा चितवनले दिएको एक सय २३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर १७ दशमलव ५ बलमा अलआउट हुँदै ६९ रनमा रोकियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय २२ रन बनाएको थियो । अपराजित रहँदै चितवन फाइनल पुगेको हो । चितवनसँग पराजित विराटनगर पनि तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्