राइटर इन्टरनेशनलमा विराटनगरका साहित्यकार गुरागाईं र अधिकारी चयन

राइटर इन्टरनेशनलमा विराटनगरका साहित्यकार गुरागाईं र अधिकारी चयन

विराटनगर । राइटर इन्टरनेशनलको कार्यसमितिमा विराटनगरका दुईजना साहित्यकार परेका छन् ।
बंगलादेशको राजधानी ढाकामा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय लेखक सम्मेलनले सात्यिकार राजेन्द्र गुरागाईं र गोकुल अधिकारी चयन भएका हुन् । सम्मेलनले गुरागाईंलाई उपाध्यक्ष र अधिकारीलाई सदस्यमा चयन गरेको हो । अधिकारी नेपाली लेखक संघ मोरङका अध्यक्ष पनि हुन् । अधिकारी तीन दशकभन्दा लामो समयदेखि कविता लेखकमा सक्रिय छन् भने गुरागाईं अनुवाद साहित्यमा सक्रिय छन् । गुरागाईंले अनुवादकका रुपमा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका छन् ।
समितिको अध्यक्षमा अमेरिकामा बसोबास गर्ने ज्ञानेन्द्र गदाल, उपाध्यक्षमा गुरागाईंसहित भारतका निसिकान्त सिन्हा, भुटानका हर्क विश्व छानिएका छन् । सम्मेलनले महासचिवमा बंगलादेशका शैयद रुक्साना जामान सानु, सचिवमा बंगलादेशका मोखलेस मुकुल र सदस्यमा नेपालकी टीका सापकोटा चयन भएका छन् ।
सन् २०२० मा अमेरिकाको कोलोराडोमा दोस्रो सम्मेलन गर्ने निर्णयसमेत गरेको छ । आफ्नो होइन अर्काका लागि लेख भन्ने मुल नाराका साथ सुरु भएको दुई दिने ढाका सम्मेलनले सिर्जनात्मक लेखनलाई अनुवादको माध्यमबाट अन्तर्रा्ष्ट्रियकरण गर्दैै जानुपर्ने, कलमकारहरु समाजप्रति बढी उत्तरदायी हुनुपर्ने र राइटर इन्टरनेशनल लेखकहरुको छाता संस्थाको रुपमा रहने तीनबुँदे प्रस्तावसमेत पारित गरेको नवनिर्वाचत सदस्य अधिकारीले जानकारी दिए । विभिन्न विधाका लेखकहरुको साझा संस्थाको रुपमा रहेको राइटर इन्टरनेशनलको ढाका सम्मेलनमा भारत, नेपाल, बाङ्लादेश र भुटानका गरी झन्डै एकसय साहित्यकारको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्