धरान । धरानअपांगता भएकी ४५ वर्षीया महिला बलात्कार गरेको अभियोगमा इलाका प्रहरी कार्यालय धरानका एक असई पक्राउ परेका छन् ।
पीडितका आफन्तले दिएको जाहेरीको आधारमा धरान ४ पत्रांगबारीस्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज पिताम्बर अधिकारी पक्राउ परेका हुन् ।
पतिको मृमत्युपछि १० वर्षीया छोरासँग बस्दै आएकी बोल्न नसक्ने ति महिलालाई गत असोज २५ मा जबरजस्ती करणी गरेको भन्दै आफन्तले इप्रका धरानमा गत शुक्रबार किटानी जाहेरी दिएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।