विराटनगरको केशलिया खोला खन्न स्काभेटर, केशलिया खोलाको पुल जोखिममा

विराटनगरको केशलिया खोला खन्न स्काभेटर, केशलिया खोलाको पुल जोखिममा

प्रेम देवान । मोरङ र सुनसरी सिमानामा पर्ने विराटनगर ४ इक्राही स्थित केशलिया खोलामा अवैध माटो उत्खनन अझै रोकिएको छैन । आवर विराटनगरले यस अघि पटक पटक अवैध माटो उत्खनन् बारे भिडियो सहितको समाचार प्रकाशन तथा प्रशारण गर्दै आएको थियो । समाचार सार्बजनिक भएपछि प्रहरी र सरोकारवाले अनुगमन गरेका थिए । अनुगमन पछि माटो उत्खनन रोकिएको थियो । तर पुनः सोमबार विराटनगरको ईक्राही र सुनसरीको सिमाना भएर बग्ने केशलिया खोला दोहन भएको भेटियो ।
नीति नियमलाई उल्लंघन गर्दै खोलामा स्काभेटर प्रयोग गरेर उत्खनन् भइरहेको सुचना पाएसँगै मोरङ प्रहरीको टोली सहित संचारकर्मी पनि स्थलगत रिर्पोटिङको लागी त्यहा पुगेको थिए । लामो समयदेखि अवैध उत्खनन हुँदै आएको विराटनगरको ईक्राही र दुहवीको बुगडरी जोड्ने पुल छेउमा स्काभेटर प्रयोग गरी माटो उत्खनन गर्ने एक दर्जन बढी टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ ।
साथै माटो तस्करमा प्रयोग भएका टिपर र ट्याक्टरका चालकलाई पनि मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । इक्राही पुल छेउमा अवैध माटो उत्खनन् भईरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका डिएएसपी घनश्याम श्रेष्ठको नेतृत्वको टोलीले माटो उत्खननमा प्रयोग भएका ट्याक्टर, टिपर र चालकलाई नियन्त्रणमा लिएको थियो ।
केशलिया खोलाको बहावभन्दा १० मिटर कम दुरीमा गहिरो खाड्ल पर्ने गरि माटो उत्खनन् हुदाँ पुल जोखिममा परेको छ । त्यति मात्र हैन नदीको धार नै परिवर्तन गरी अवैध माटो उत्खनन गरेपछि बर्खायामको समयमा बाढी बस्ती तिर पस्ने उच्च जोखिम बढ्दै गएको छ। । विराटनगर महानगरपालिकाले उत्खनन् रोक्न कडा कदम चालिने बताउदै आएपनि ब्यवहारमा त्यस्तो हुन सकेको छैन । जसका कारण विराटनगर–बुगडरी जोड्ने पुल पुरै जोखिममा पर्ने र भोलीको दिनमा पुल भासिने खतरा बढ्दै गएको छ । त्यसैले भोलीको दिनमा त्यो घटना हुन नदिन सरोकारवालाले आजै ध्यान दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्