विराटनगरमा अवैध खोला उत्खननमा प्रयोग गर्ने नौ वटा टिपर नियन्त्रणमा

विराटनगरमा अवैध  खोला उत्खननमा प्रयोग गर्ने  नौ वटा टिपर नियन्त्रणमा

मोरङ ।  जिल्ला प्रहरी कार्यालय मोरङले अवैध रुपमा खोला उत्खननमा प्रयोग गरिएका नौ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। सोमबार मोरङ प्रहरीले विराटनगर महानगर–४ इक्राही र सुनसरी जिल्लाको दुहबी १२ बुगडरी सीमा भएर बग्ने केशलिया खोलामा मापदण्ड विपरीत अवैध रुपमा उत्खननमा प्रयोग भएका एउटा स्काभेटर र आठवटा टिपर नियन्त्रणमा लिएको हो। अवैध रुपमा माटो तस्करी गर्ने समूहले पटक–पटक खोलामा उत्खनन् गर्दा खोलाको पुलसमेत जोखिम पर्दै गएको जनगुनासो छ। अवैध उत्खननका क्रममा मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठको टोलीले टिपर नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले खोला किनारमा ठूला–ठूला खाल्डो बनाएर उत्खनन् गरिरहेको अवस्थामा स्काभेटर र टिपर नियन्त्रणमा लिइएको जानकारी दिए। टिपर र स्काभेटरका चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ।

टिफर अवैध रुपमा उत्खनन गरिएको माटो लोड गरिएको अवस्थामा केशलिया खोला किनार र बाटोबाट नियन्त्रणमा लिइएको श्रेष्ठले बताए। प्रहरीले नियन्त्रणमा लिइएका सवारी साधन इटहरीस्थित ‘कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिको’ रहेको खुलेको छ।

अवैध रुपमा माटो तस्करी गर्नेहरुले खोला किनारमा मापदण्ड विपरीत करिब १० देखि १३ मिटरसम्म ठूला खाल्डा खन्दै उत्खनन् गरेर माटो बिक्री गर्ने गरेको पाइएको श्रेष्ठको भनाई छ।

श्रेष्ठका अनुसार सबै सवारीसाधन सुनसरीबाट नियन्त्रणमा लिइएका कारण कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहवीको जिम्मा लगाइएको छ। अवैध रुपमा उत्खनन् गरिएको माटो प्रति टिफर ६ हजार रुपैयाँमा किनबेच हुने गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्