धरानको झरना सेकुवा कर्नरमा यौनधन्दा, तीन जोडीसहित संचालक पक्राउ

धरानको झरना सेकुवा कर्नरमा यौनधन्दा,  तीन जोडीसहित संचालक पक्राउ

धरान । धरान स्थित झरना सेकुवा कर्नरमा यौनजन्य गतिविधि गरेको आरोपमा तीन जोडीसहित सञ्चालिका पक्राउ परेका छन् । धरान–१३ लक्ष्मीचोकमा सोनी गुरुङले सञ्चालनमा ल्याएको झरना सेकुवा कर्नरबाट पक्राउ गरेकाे हाे ।  घर नै भाडामा लिएर तीन वटा कोठामा अवैध गतिविधि गरेको प्रहरीले जनाएकाे छ । स्थानीयहरूका अनुसार, सञ्चालिकाले २ तलाकै घर भाडामा लिएको हुनाले अन्य यौनजन्य अनैतिक गतिविधि पनि हुने गरेको थियो । घरको माथिल्लो कोठामा जोडीहरु आउथे, र आफ्नो यौ न प्यास मेटाएर जान्थे । बाक्लै गरी जोडीहरु आउन थालेपछि स्थानीयले प्रहरीमा पटक-पटक गुनासो गरेका थिए ।

साेमबार दिउँसो ४ बजेतिर प्रहरीले सेकुवा कर्नरमा माथिल्लो तलाको कोठामा छापा मार्दा ३ जोडी भेटिए । पक्राउ परेकाहरु धरान बाहिरका युवाहरु छन् । युवतीहरु भने धरान क्षेत्रकै हुन् । युवाहरुलाई सेकुवा कर्नरकी सञ्चालिकाले कन्ट्याक्टमा ल्याइदिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाईछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्