विराटनगर र बेलवारीबाट खैरो हिरोईन सहित ५ जना पक्राउ

विराटनगर र बेलवारीबाट खैरो हिरोईन सहित ५ जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट अबैध लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन् । चेकजाँचमा खटिएको प्रहरीको टोलीले बेलबारी नगरपालिका ६ बस्ने बर्ष ४० को सिद्धि गिरीलाई ५ ग्राम २५० मिलि ग्राम खैरो हिरोईन सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले केराबारी गाउँपालिका ७ बिचटोल बस्ने करण मगरको घरमा लागु औषध सेवन गरीरहेको अवस्थामा बर्ष २० को करण मगर, बर्ष २२ को संदेश चौधरी, बर्ष १९ को शुसिल खेवा र बर्ष १९ को बिशाल चेम्जुङलाई ५सय मिली ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्