विराटनगरमा भौतारिँदै लोकस्टारका उत्कृष्ट चारमा परेका उदयपुरका विनोद दनुवार

विराटनगरमा  भौतारिँदै लोकस्टारका उत्कृष्ट चारमा परेका उदयपुरका विनोद दनुवार

विराटनगर । सोमबार उदयपुरको कटारी नगरपालिका ७ रिस्कुका विनोद दनुवार प्रदेश १ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भेटिए । उनीसँगै थिए अन्य चारजना । भौतारिएको जस्तो देखिएका उनीसँग थिईन् , उदयपुरकी प्रदेश सभा सदस्य सञ्जाकुमारी दनुवार। उनीहरुको टोली मुख्यमन्त्रीसँग भेट्नको लागि किन गएको होला भनेर जान्न मन लाग्यो ।
प्रदेश सभा सदस्य दनवारले प्रतिस्पर्धात्मक लोक स्टारको लागि सहयोगको अपेक्षा सहित मुख्यमन्त्री कार्यालयमा आएको सुनाईन् । एपिवान च्यानलको चर्चीत कार्यक्रम आईएमई लोक स्टारमा दनुवा उत्कृष्ट चारमा परेका छन् । प्रदेश १बाट एक मात्र प्रतिस्पर्धीको रुपमा रहेका उनी दनुवार जातीबाट साँगीतिक क्षेत्रमा देखिएका पवछिल्लो पुस्ताका अब्बल लोक गायकको रुपमा उदाउँदै गएको सांसद सञ्जाले बताईन् ।
सुरिलोे स्वरका धनी दनुवारको मेहनतले नै उनि उत्कृष्ट चारसम्म पर्न सफल भएका हुन् । लय र तालमा गाउन निपुर्ण रहेका दनुवार निर्णायकको पनि रोजाईका पात्र हुन् ।
विनोदसँगै आएकी सिर्जना दनुवार लोकस्टारमा जिताउनको लागि लागि परेकी छिन् । सिबभिन्न पालिकाहरु, प्रदेश सरकार, राजनीतिक दलहरुसँग सहयोगको अपेक्षाको लागि दौडिएको बताईन् । १२ बर्षकै उमेरदेखि गायनमा लागेका विनोद दनुवारले यो यात्रामा धेरै कठिनाई भोगेको बताए । आफ्नो गृहजिल्लाका सबै गाउँ, टोल र बस्तीहरु घुमिसकेका बिनोद अहिले प्रदेश दौडाहामा छन् ।
गाउन अब्बल दनुवारलाई शिक्षकहरुले पनि माया गर्ने गरेको अनुभव सुनाउछन् । विद्यालयमाहुने हरेक कार्यक्रममा गित गाउने गरेको बताउछन् । धेरै पटक राम्रो गाएकै आधारमा पुरस्कृत भएको बताए । घरमा मेडल लिएर जाँदा सबै जना खुसीहुने गरेको उनी सुनाउँछन् ।
दनुवारले गायन क्षेत्रमानै आफ्नो भविष्य देखेकाले यो यात्रामा लागेको बताए । यो यात्रामा लाग्दा जिवनमा धेरै उतार चढाव भएको अनुभव पनि सुनाउछन् । गरिब परिवारका दनुवार पैसा अभावले केहि बर्ष विदेशिएको पिडा पोखेका छन् ।
गायन यात्रामा आर्थिक अभाव उनको निक्कै समस्याको रुपमा रहेको छ । आफ्नो सपना पुरा गर्ने एउटै आधार गायन क्षेत्र भएकोले उनले सहयोगको लागि आग्रह गरे । दनुवारले उनलाई मन पराउने अथवा उनको गायन मन पराउने दर्शकहरु लाई L13 टाईप गरी ३७०००मा म्यासेज गरी सहयोग गरीदिन उनले अनुरोध गरेका छन् । लोकस्टारमा उत्कृृष्ट हुनेले ५० लाख पाउने छन् । आर्थिक अबस्था कमजोर रहेका बिनोद दनुवार जस्ता अन्य तीनजना पनि यो दौडमा छन् । प्रतिस्पर्धामा रहेकामा रोल्पाका शनी विश्वकर्मा, रामेछापका राम नेपाली, स्याङ्जाका चेतन गोतामे रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्