भारतबाट भित्रन थाल्यो अवैध लाखौँका पटका, मोरङ प्रहरीले विशेष निगरानी राख्ने

भारतबाट भित्रन थाल्यो अवैध लाखौँका पटका, मोरङ प्रहरीले विशेष निगरानी राख्ने

विराटनगर, ५ कातिक । भारतबाट अवैध रुपमा लाखौंको पटका भित्रन थालेको छ । जिल्ला प्रहरी कार्यलय मोरङले भारतबाट अवैध रुपमा नेपाल भित्राउदै गर्दा लाखौंको पटका बरामद गरेको छ । यसैविच रंगेली नगरपालीका ४ स्थित बेतौना दक्षिण चिसाङ खोलाको बाटो हुदै अवैध रुपमा भित्राईएको ४ बोरा ५२ बण्डल पटका मोरङ प्रहरीले बरामद गरेको छ । पक्राउ गरिएका पटका अन्दाजी २ लाख २० हजार मुल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसी राजकुमार खिउजुले जानकारी दिनुभयो । यसैविच
मोरङ रंगेली नपा ४ चोप्राह स्थितमा भारतबाट अबैध रुपमा नेपाल तर्फ पैदल ल्याउदै गरेको झिरझरे पटका १० बन्डल, फुलझरी पटका ६ बन्डल ४ हजार बराबरको पटका इप्रका रंगेलीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।
यता इप्रका रानीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बिराटनगर म.न.पा. १५ र १६ न. वडाका बिभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याएको नागिन पड्का, कोब्रा पड्का, चकलेट बम ,फुलझरी अन्य बिभिन्न किसिममा पड्काहरु गरि अ.म.रु.१०,००० ( दश हजार) बराबरको पटकाजन्य पदार्थ फेला पारी नियन्त्रणमा लिईएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्