विराटनगरमा नेकपाको प्रशिक्षण, ५ हजार सहभागी हुने, तयारी तिब्र

विराटनगरमा नेकपाको प्रशिक्षण, ५ हजार सहभागी हुने, तयारी तिब्र

विराटनगर। नेकपा मोरङले आयोजना गरेको पार्टी प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी तीव्र पारिएको छ । कात्तिक ८ गते पार्टी कार्यालय पाञ्चालीमा हुने कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड आउने कार्यक्रम रहेकोले तयारीलाई तिब्रता दिईएको हो । आज विभिन्न तयारी समिति तथा उपसमितिहरुको बैठक बसी तयारी बारे छलफल भएको पार्टी अध्यक्ष ऋषिकेश पोखरेलले बताउनुभयो ।
पार्टी कार्यालयमा आज स्वयंसेवक परिचालनद्यसमिति, खाद्यान्न उपसमिति, ट्राफिक व्यवस्थापन उपसमिति, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन र गेट स्वागत समितिको बैठक बसेको बसेको अतिथि सत्कार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक पर्शुराम बस्नेतले जानकारी दिनुभयो । पार्टी प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई भव्य बनाउन विभिन्न उपसमितिहरु सक्रिय रहेको बस्नेतले बताउनुभयो ।
पार्टी प्रशिक्षण कार्यक्रमपछि कार्यकर्तामा नयाँ उत्साह थपिने बस्नेतको भनाई छ । रविन थापाको संयोजकत्वमा स्वयंसेवक परिचालन मूलसमारोह समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा इश्वरी आचार्य र सचिवमा भाष्कर खनाल रहनु भएको छ । विमला घिमिरे संयोजकत्वमा रहेको खाध्यान्न उपसमितिको सह–संयोजकमा लता न्यौपाने, शुशिल रिजाल संयोजकत्वको ट्राफिक व्यवस्थापन, सह संयोजकमा सनोज यादव र गोकर्ण घिमिरेको संयोजकत्व गेट स्वागत उपसमिति गठन गरिएको छ । शुभकामना आदान प्रदान कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा पार्टी स्कुल विभाग प्रमुख इश्वर पोखरेल लगायतका नेताहरुको सहभागिता रहने नेकपा मोरङ सचिव गणेश उपे्रति शुशिलले बताउनुभयो । प्रशिक्षणमा करिब ५ हजारको सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्