मोरङको कटुनखोलामा साढे तीन करोडको लगानी, ठेकेदारले १ बर्षमा ५ प्रतिशत पनि काम गरेन

मोरङको कटुनखोलामा साढे तीन करोडको लगानी, ठेकेदारले १ बर्षमा ५ प्रतिशत पनि काम गरेन

रबिन्द्र बराल ।
रंगेली । मोरङकोे रतुवामाई नगरपालिकाको बडा नम्बर ५ र ६ को बिचमा रहेको कटुन खोलाको निर्माण शुरु भएपनि काम हुन सकेको छैन । गत फाल्गुन देखि पक्की पुल निर्माण सुरु भएता पनि हालसम्म पनि कुनै काम हुन सकेको छैन । स्काई वाइ वाइ माँ जानकी कन्ट्रक्सन जनकपुर ले २०७५ असारमा सडक विभागबाट ३ करोड ३७ लाख रुपैयाँमा २५ मिटरको पुल बनाउने ठेक्का पाएको थियो ।
२०७७ असारमा निर्माण सम्पन्न गरिसक्नु पर्ने भएपनि हालसम्म कामै अगाडि बढ्न नसकेको हो । ठेकेदारले फागुन महिनादेखि शुरुगरेको पुल निर्माणको काम अहिलेसम्म जम्मा ५ प्रतिशत पनि भएको छैन । निर्माण समाग्री खोलाभरी थुपारिएको छ तर काम अघि नबढेको स्थानीय बताउँछन् । निर्माण कम्पनीका प्रमुख रबिन्द्र मंन्डलका अनुसार आफुले समयमै काम सुरु गरेको तर काम गर्दे जाँदा पिलर बनाउने समयमा २५ फिटभन्दा तल कुनै पनि मेसिनले कामै नगरेपछि समस्या भएको बताए । उनले अहिलेसम्म पिलर बनाउने क्रममा चार बटा मेसिन समेत बिग्रिएको जानकारी दिए ।
खोलामा पुल नबन्दा अधिकारी चोक देखि पुर्व सौठा बजारसम्मको सडकमा आबतजावतमा समस्या हुँदै आएको छ । स्थानीय बिश्वनाथ रायले पुल निर्माण गर्ने क्रममा पुरानो पुलको पुर्व र पश्चिमबाट बढी निर्माणभएकोले छेउमै रहेको बिद्यालयमा अध्यन गर्ने स–साना बालबालिकालाई समस्या भएको बताए । पुल शिलान्यास हुने समयमा ठेकेदारले छिटै काम सम्पन्न गर्ने भनेको भएपनि कामै नगरेको स्थानीय बलभद्र अधिकारीको आरोप छ ।
यस बर्षको दशैमा सर्बसाधारणलाई आवत जावत गर्नै समस्या भएपछि स्थानीयले चन्दा सङ्कलन गरेर पुलको पुर्व र पश्चिम तर्फ माटो भरेर आवत जावतलाई सहज गराएको स्थानीय टंक भट्टराईले बताए । समयमै ठेक्का लागेको काम समयमा नै सक्नु पर्ने स्थानीय बताउँछन् । तर काम भए नभएको बारेमा अनुगमन गर्ने संयन्त्र नगपालिकाले समेत नबनाउँदा ठेकेदारको लापरवाही बढेको स्थानीयको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्