मोरङको बुढीगंगामा राजवंशी समाजको सुकरात महोत्सव शुरु (फोटो फिचर)

मोरङको बुढीगंगामा राजवंशी समाजको सुकरात महोत्सव शुरु (फोटो फिचर)

विराटनगर । ‘भेष भुषा, भाषा र संस्कृतिक जर्गेना गरौँ’ भन्ने मुल नाराका साथ राजवंशी समाज उत्थान समिति विराट केन्द्रीय कार्य समितिले सुकरात महोत्सव २०७६ भव्य रुपमा मनाएको छ । मोरङको बुढीगगाँ गाँउपालिका वडा नम्बर ३ मा मंगलबार दिपावली तथा छठ पर्वको अवसरमा सुकरात महोत्सव मनाएको हो । सुकरात पर्व महोत्सवको प्रदेश १ का प्रमुख प्राडा गोबिन्दबहादुर तुम्बाहाङले उद्घाटन गर्नुभएको थियो ।
महोत्सवमा विराट राजवंशीको पहिचान झल्किने खानपान, मौलिक भेषभुषा,नृत्य र फेशन शो प्रस्तुत गरिएको थियो । आायोजक विराट राजवंशी समाज उत्थान समितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले विराट राजवंशीहरुको आफ्नै मौलिक पहिचान रहेको र त्यस बिषयमा धेरै मानिसहरु अनभिज्ञ रहेका कारण आफ्नो संस्कृतिलाई संरक्षण संबद्र्धन गर्न कार्यक्रम गरिएको बताउनुभयो ।
राजवंशी समुदायमा प्रचलित मौलिक परम्परागत लोक नाच ‘विद्यापत’ समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै विराट राजवंशी समुदायका अगुवाहरुले विराट राजवंशी समुदाय संबैधानिकरुपमा सुचिकृत हुन नसकेकोमा चिन्ता ब्यक्त गरेका थिए । उनीहरुले छुट्टै भाषासंस्कृति र इतिहास बोकेको विराट राजवंशी समुदायलाई अविलम्ब सुचिकृत गर्न माग गरेका थिए । प्रदेश प्रमुख प्रा.डा गोविन्द तुम्वाहाङले राजवंशी समाजले आयोजना गरेको मौलिक संस्कृती भेष भुषा तथा सामाग्रीहरुको अवलोकनसमेत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्