विराटनगरको नेरुडेको सेवाप्रवेश तथा स्वयम विकास तालिम सम्पन्न

विराटनगरको नेरुडेको सेवाप्रवेश तथा स्वयम विकास तालिम सम्पन्न

विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना सहायक स्तरका उम्मेदवारलाई ३ दिने सेवाप्रवेश तालिम मंगलवार विराटनगरमा सम्पन्न गरेको छ । कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, विभागीय प्रमुखहरु ऋषि प्रसाद न्यौपाने, दिनेश कटुवाल र कृष्ण बहादुर खड्काले लघुवित्त सम्बन्धि छुट्टा–छुट्टै विषयमा प्रशिक्षण दिनु भएको थियो । सोही अवसरमा संस्थाका प्रबन्ध सञ्चालक सुधिर कुमार श्रेष्ठले सहभागीहरुलाई सफलताको शुभकामना सहित सुवेच्छा ब्यक्त गर्नुभयो ।
साथै संस्थाले कार्तिक ३ र ४ गते प्रदेश कार्यालय बुटवल अन्तर्गतका २३ जना कार्यालय प्रमुखहरुलाई बुटवलमा २ दिने स्वयम् बिकास तालिम सम्पन्न गरेको छ भने कार्तिक ६ र ७ गते प्रदेश कार्यालय बर्दिवास अन्तर्गतका कार्यालय प्रमुखहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।
कर्मचारीहरुले आफुमा भएको नकरात्मक सोचको अन्त्य गरी सकरात्मक सोचको बिकास गरे ब्यक्तिगत बृतिबिकास साथै संस्थागत बृतिबिकास हुने आशा संस्थाले राखेको छ । कार्यक्रमको सहजिकरण बिराट सामुदायिकविकास केन्द्र, काठमाण्डौका कार्यकारी निर्देशक प्रकाश कुमार पोख्रेलले गर्नु भएको छ ।
बिराटनगरमा केन्द्रीय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमाकार्यरत नेरुडेले २०७६ असोज मसान्त सम्म ३१ जिल्लामा ८७ वटा कार्यालय मार्फत १ लाख ३५ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवाप्रदानगर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्