पाँच वर्षमा पनि बनेन खाँडो नदीमा पुल

पाँच वर्षमा पनि बनेन खाँडो नदीमा पुल

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित खाँडो नदीमा पक्की पुल निर्माण शुरू भएको पाँच वर्ष बितिसक्दा पनि अझैसम्म पुल निर्माण पूरा हुन सकेको छैन ।

समयमा पुल निर्माण नहुँदा दक्षिणी क्षेत्रका सर्वसाधारणलाई सदरमुकाम राजविराजसम्मको यात्रा कठिन बनेको छ । सप्तरीको सदरमुकाम राजविराजलाई मुख्य भन्सार नाकासँग जोड्ने राजविराज–कुनौली सडकखण्डमा पर्ने खाँडो नदीमा पक्की पुल निर्माण गर्न ३१ असार २०७१ मा सम्झौता भएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी साढे ५ करोड रुपैयाँमा काम शुरू भएको थियो । उक्त पुलको काम विवादित पप्पु/मृत सञ्जीवनी जेयूले गरिरहेको छ । स्थानीय राजेशकुमारका अनुसार पुल निर्माण थालिएको ५ वर्षभन्दा बढी भइसक्दा पनि ४० प्रतिशत पनि काम पनि भएको छैन । नदीमा बाढी आएका बेला बालबालिकालाई विद्यालय पुग्न कठिन हुने गरेको स्थानीय बताउँछन् । स्थानीय दिवाकर झाले निर्माण कम्पनी, सडक विभागसहित सरोकारवाला निकायको निरीहताप्रति आक्रोश समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्