धमाधम सांसद निलम्बित र पक्राउ, तर बनेन अनुगमन समिति

धमाधम सांसद निलम्बित र पक्राउ, तर बनेन अनुगमन समिति

काठमाडौँ । जबर्जस्ती करणीको अभियोगमा प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा न्यायिक हिरासतमा छन् । महरा पक्राउ परेको एक साता नबित्दै सामूहिक व्यक्ति हत्याको अभियोगमा काँग्रेस सांसद मोहम्मद अफताब आलम पक्राउ परे ।

रौतहट जिल्ला अदालतको आदेशमा आलम पनि अनुसन्धानका लागि हिरासतमै छन् । विमानस्थलभित्र तोडफोड गरेको अभियोगमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोद साह पक्राउपछि अदालतको आदेशमा साधारण तारेखमा रिहा भएका छन् । कर्तव्य ज्यान मुद्दामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङलाई काठमाडौँ जिल्ला अदालतले साधारण तारेखमा नै रिहा गरेको छ ।
भ्रष्टाचार कसुरमा समाजवादी फोरमका सांसद हरिनारायण रौनियार निलम्बित छन् । दुई साताको अवधिमा बहालवाला सभामुखसहित दुई सांसद पक्राउ परिसकेका छन् । तीनै जनाको सेवासुविधा रोक्का भइसकेको छ । पक्राउ परेका तीन सांसदको पदीय हैसियतले कुनै पनि कामकाज गर्न नपाउने गरी सूचना सङ्घीय संसद् सचिवालयले जारी गरिसकेको छ ।
पछिल्लो दुई दशकमा फौजदारी कसुर र अभियोग ठहर भएका जनप्रतिनिधि नभएका हैनन् तर दुई सातायता उच्च पदाधिकारीसहित सांसदहरू धमाधम पक्राउ पर्दै जाँदा विधिका निर्मातामाथि नै नैतिक अनुशासन र आचरणको प्रश्न गम्भीर बनिरहेको छ । सम्भवतः यस्तै परिस्थितिको सामना गर्ने गरी प्रतिनिधि सभा नियमावलीले सांसदहरूको आचरण अनुगमन समिति भने बन्ने व्यवस्था गरेको छ ।
तर, सङ्घीय संसद्को पहिलो अधिवेशन सुरु भएको ३० महिना बितिसके पनि समिति भने बन्न सकेको छैन । गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्