कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी दुई बर्ष पछी रंगेलीबाट पक्राउ

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी दुई बर्ष पछी रंगेलीबाट पक्राउ

विराटनगर । कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई २ बर्ष पछी प्रहरीले पक्राउ गरेको छ । २०७४ असार ११ गते राती साँढे ६ बजेको समयमा रंगेली नगरपालिका ९ का ६४ बर्षीय पहाडचन राजवंशीलाई धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । हत्यापछि फरार रहेका स्थानीय १९ बर्षीय भरतलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । लामो समयसम्म फरार रही हाल गाउँमै रहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले गाउँबाट नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्