कटहरी र ईनरुवाबाट तास खेल्ने १३ जना पक्राउ

कटहरी र ईनरुवाबाट तास खेल्ने १३ जना पक्राउ

विराटनगर । सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिईएको छ । मंगलवार राती मोरङको कटहरी गाउँपालिका २ सुरेश मण्डलको घरमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले घर धनी सहित स्थानिय मुनेश्वर मरिक, दिपक मरिक, शिवेन्द्र मरिक, मोहम्बर साफी र धिरज गुप्तालाई नियन्त्रणमा लिएको हो ।
तासको खालबाट प्रहरीले १ बुङ तास र नगद ६८ हजार ९ सय ६० समेत बरामद गरेको छ ।
यसैगरी आज बिहान सुनसरीको ईनरुवा नगरपालिका १ मा रहेको नम्रता होटलामा तास खेलिरहेको अबस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय प्रदिप कुमार साह, रवी साह, राजकुमार साह, शम्भु कुमार साह, हसवुल मन्सुरी, राम बहादुर तामाङ र रामानन्द मण्डललाई नियन्त्रणमा लिएको हो । तासको खालबाट प्रहरीले ७ थान मोबाईल, नेपाली रुपैयाँ ८१ हजार ५ सय ७० र भारतीय रुपैयाँ ६ हजार ६ सय ८० रुपैयाँ समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्