विराटनगरमा मिटर व्याज रोकिएन, पैसासँगै ११ जनाको धितोमा राखिएको सुन पनि गायव

विराटनगरमा मिटर व्याज रोकिएन, पैसासँगै ११ जनाको धितोमा राखिएको सुन पनि गायव

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका एक सुन व्यापारीले स्थानियवासीले धितोमा राखेको सुन फिर्ता नगरेको भन्दै पीडित पक्षले न्यायकोलागि गुहार मागेको छन् । सुन धितोमा राखेर लिएको ऋण तिरी सक्दा पनि सुन फिर्ता नपाएको बुढीगंगा–२ का ११ जना पीडित पक्षले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी आफ्नो सुन फिर्ता गराउन माग गरेका हुन् । बुढीगंगा –२ मा गणेश लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका जितेन्द्र साहले स्थानीयवासीको चार आनादेखि ६ तोलासम्म धितोमा राखेको सुन फिर्ता नगरेको उनीहरुको भनाई छ ।
बुढीगंगा –२ मा गणेश लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका जितेन्द्र साहले स्थानीय ११ जनाको चार आनादेखि ६ तोलासम्म धितोमा राखेको सुन फिर्ता नदिएको पीडितहरूले बताएका छन् । लिएको ऋण तिरी सकेर सुन फिर्ता माग्दा पनि नदिएपछि स्थानीय आक्रोशित भएका हुन् । पिडित नन्दा शर्मा नेपालले ६ तोलाको सुन धरौटीमा राखेर लिएको रकम सबै तिरेर भाखा नाघिसक्दापनि साहले सुन फिर्ता नदिएको बताईन् ।

[caption id="attachment_98168" align="alignnone" width="966"]                                                                  पक्राउ परेका जीतेन्द्र साह[/caption]

सुन फिर्ता नगरी साह भागेपछि पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । उजुरीपश्चात पनि प्रहरीले साहलाई पक्राउ गर्न ढिलासुस्ती गरेपछि पिडित पक्षले सुराकी लगाई धनकुटाबाट नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् । जिल्ला प्रहरी कार्यालयले अदालतमा मुद्दा बुझाएपछि जिल्ला अदालत मोरङले साहलाई २ लाख ५० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।
साहले फिर्ता नगरेको सुन १० लाख ३२ हजार मूल्यबराबरको रहेको पीडितहरुले बताएका छन् । साहले २ देखि ३ प्रतिशतसम्म ब्याज लिने गरेको उनीहरूले बताएका छन् । अदालतबाट आफूहरूले न्याय पाउन नसकेको पीडितहरूको भनाइ छ । साहले सुन पसल सञ्चालन गरेको घरधनी पनि ठगिएका छन् ।
साहले घरधनी खड्गबहादुर श्रेष्ठलाई विभिन्न नक्कली सुनका गहना दिएर १ लाख ४० हजार ठगी गरेको आरोप छ । साहले आफूलाई नक्कली सुनका गहना दिएर पटक–पटक गरी एक लाख ४० हजार रुपैयाँ ठगी गरेको श्रेष्ठले पत्रकार सम्मेलनमा बताए । सुन व्यवासायसँगै मिटरव्याजको कारोवार गर्ने साहले प्रहरीलाई दिएको बयानमा पीडितहरूको सुन फिर्ता नदिएको स्वीकार गरेका छन् ।
ज्वलेर्स संचालक साहले पिडित कसैलाई पनि नचिन्ने भन्दै फर्काउने गरेको अर्की पीडित दीपा तिम्सिनाले पत्रकार सम्मेलनमा गुनासो गरिन् ।
साहबाट पीडित हुनेमा बुढीगंगा गाउँपालिकाका दीपा तिम्सिना, दौपति राय, कल्पना साह, अस्मिता भुजेल, सिद्धिलाल चौधरी, सुमित्रा चौधरी, राधा राजवंशी र आशा गुरुङ, नन्दा शर्मा नेपाल, लगायत घरवाला खडुक बहादुर श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्