२६ कार्तिक २०७६, मंगलवार

मन्त्रीपरिषदको निर्णय पछि मोरङमा प्रहरीका पाँचवटा नयाँ युनिट थपिदै

विराटनगर । मन्त्रीपरिषद्बाट स्वीकृत भएर आएपछि मोरङमा प्रहरीका ५ वटा नयाँ युनिट थप हुने भएका छन् । नयाँ थपिने प्रहरी युनिटको संख्या ९७ पुग्ने छ । यस अघि स्थायी र अस्थायी गरेर ९२ वटा प्रहरी युनिट मोरङमा थिए । नयाँ थप भएर आएका युनिटमा बूढीगंगा गाउँपालिकामा प्रहरी चौकी बाँसबारी, ग्रामथान गाउँपालिकामा प्रहरी चौकी तेतरिया, कटहरी गाउँपालिकामा प्रहरी चौकी कटहरी, जहदा गाउँपालिकामा प्रहरी चौकी तारेगामा र लेटाङ नगरपालिकामा प्रहरी चौकी बुधबारे रहेका छन् ।
एउटामा १५ जना प्रहरीको दरबन्दी कायम गरिएका चौकी स्थापनाका लागि प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । नयाँ थप हुने बाहेक सुन्दरहरैंचा नगरपालिकामा रहेको विराटचौक प्रहरी चौकीको स्तरवृद्धि गरिने भएको छ । सर्वसाधारणको माग र शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउने सवालमा आवश्यकता देखिएपछि गरिएको सिफारिसका आधारमा नयाँ युनिट थपका लागि स्वीकृति प्राप्त भएको एसपी अधिकारीले बताए । यस अघि मोरङमा एक हजार तीन सय दुई प्रहरीको दरबन्दी थियो । अब दरबन्दी संख्या एक हजार तीन सय ७७ हुने मोरङ प्रहरीले जनाएको छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस