क्यानडा र अमेरिकाबाट लागुऔषध भित्र्याउने तीन जना पक्राउ

<span class='c1'>क्यानडा र अमेरिकाबाट लागुऔषध</span> <span class='c2'>भित्र्याउने तीन जना पक्राउ</span>

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित लागूऔषध गाँजा र चरेश सहित तीन जनलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा फ्लाइ दुबई एयरको एयरकार्गो मार्फत काठमाडौं भित्र्याइएको गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक घर भएका अच्युत त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डे रहेका छन् । उनीहरुका साथबाट ७ किलो चरेश र ६ किलो ४ सय ग्राम गाँजा बरामद् भएको ब्यूरोका प्रमुख डीआइजी दिनेश अमात्यले बताए । प्रहरीका अनुसार, राजेन्द्र र सुरेन्द्र क्यानडा तथा अमेरिकाबाट लागूऔषध नेपाल भित्र्याउने मुख्य कारोबारी रहेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्