रामसीता स्कुलका विद्यार्थीले १९ बर्षपछि सम्झीए आफुलाई पढाउने शिक्षकलाई

रामसीता स्कुलका विद्यार्थीले १९ बर्षपछि सम्झीए आफुलाई पढाउने शिक्षकलाई

विराटनगर । सुुनसरीको वर्जुु गाउपालिका–२ स्थित रामसीता माध्यमिक विद्यालयका विद्यार्थीले आफूलाई पढाएका शिक्षक शिक्षिकालाई १९ बर्ष पछि सम्झीएका छन् । २०५७ सालमा अध्यनरत विद्यार्थीहरुको समुहले मित्र मिलन र शिक्षक सम्मान कार्यक्रमको आयोजना गरी आफ्ना गुरुहरुलाई विशेष सम्मान गरेका हुन् ।
टुना विक्रम अधिकारीको संयोजकमा१३ जना शिक्षकलाई मायाको चिनो सहित फुलमाला र दोसल्ला ओढाएर विद्यार्थीहले सम्मान गरेका छन् । उनीहरुलाई विद्यालयका पुुर्व विद्यार्थीहरुले सम्मान गरेको कार्यक्रम संयोजक टुुना विक्रम अधिकारीले वताए ।
१९ वर्षपछि गुुरुलाई सम्मान गर्न आफ्ना पुराना साथीहरुसंगको भेटघाट गर्न मित्र मिलन कार्यक्रमको आयोजना गरिएको अधिकारीले जानकारी दिए । कार्यक्रममा वोल्दै विद्यालयका प्रधानाध्यापक गोपाल अधिकारीले एसएलसी उच्च शिक्षा हासिल गरेर विभिन्न पेशामा लागेको विद्र्याथीहरुले सम्मान गर्दा आफुहरु हर्षित भएको वताए ।
पुुर्व प्रधानाध्यापक शिवलाल राय तथा विरेन्द्र्रप्रसाद साहले विद्यालयमा अध्यनरत सो व्याजका विद्र्याथीहरु उच्च पदमा पुुगेपनि आफुुहरुलाई गरिरहेको सम्मान नै सवैभन्दा ठुुलो सम्पती भएको वताए । कार्यक्रममा मोरङ, सुुनसरी तथा झापा जिल्लामा रहेर बिभिन्न क्षत्रेमा कार्यरत विद्यालयमा अध्यनरत पुुर्व विद्र्याथीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्