ओवी फलोअप : माटो उत्खनन काण्डमा मुछिएका टिपर कारबाही नगरी छाडिए

ओवी फलोअप : माटो उत्खनन काण्डमा मुछिएका टिपर कारबाही नगरी छाडिए

विराटनगर । दुहबी नगरपालिकाले अवैध रूपमा खोलाको माटो उत्खननमा प्रयोग भएको सवारी साधानलाई कुनै कारवाही नगरि छाडेको पाइएको छ । दुहबी नगरपालिकाका प्रमुख बेदनारयण गच्छदारको निर्देशनमा अवैध उत्खननमा प्रयोग भएको स्काभेटर र तीन वटा टिपरलाई कुनै कारवाही नगरी मंगलबार छोडेको हो । दुहबी नगरपालिका – १२ बुगढरी बस्ती र विराटनगर – ४ इकराही बस्ती र केसेलिया खोलाको पुल जोखिममा पार्ने गरि अवैध उत्खनन् भइरहेको अवस्थामा स्काभेटर सहित मोरङ प्रहरीले सोमबार ७ वटा टिपर र ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
इप्रका दुहबीले नियन्त्रणमा लिएको सवारी साधानलाई आवश्यक कारवाहीको लागि स्काभेटर सहित ७ वटा टिपर दुहबी नगरपालिका पठाएको थियो । तर, दुहबी नगरपालिका प्रमुख वेदनारयण गच्छदारको निर्देशनमा अवैध उत्खनन्मा प्रयोग भएको स्काभेट र तीन वटा टिपरलाई कुनै कारवाही नगरी मंगलबार छाड्न आदेश दिएका हुन् । केसलिया खोलाको पुल जोखिम हुने गरि १० देखि १५ मिटर गहिरो खाडल बनाएर बा. १ क ४९६२ नम्बरको स्काभेटरले खनिरहेको अवस्थामा मोरङ प्रहरीलले फेला पारेको थियो ।
उक्त स्काइभेटरले केसेलिया खोला गहिरो खाडल पारेर उत्खनन् गरिएको माटो ७ वटा टिपर र ४ वटा ट्याक्टरले गन्तब्यसम्म पु¥याउने तयारीमा थिए । प्रहरीले नियन्त्रणमा लिएको को १ ख ५७०९, ना १ क ६२७१, ना १ क ६२६७, ना १ क ६२७०, को १ क २३७२, ना १ क ६२६९, ना १ क ६२६८ र ना १ क ६२६६ नम्बरको टिपर नियन्त्रणमा लिएको थियो । यी मध्ये चार वटा टिपरलाई प्रति टिपर ५ हजारका दरले २० हजारर जरिवना गरेर छोडेको थियो । तीनवटा टिपरमा माटो नभएको भन्दै कुनै कारवाही नगरी छोडिएको दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदाले जानकारी दिए । सडक निमार्ण गर्न स्काइभेटर गएकोले कारवाहीको दायरमा नल्याएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्