अस्पतालमा बिरामीको मृत्यु : दलाली गर्ने गिरोहको रजाईं कहिलेसम्म?

अस्पतालमा बिरामीको मृत्यु : दलाली गर्ने गिरोहको रजाईं कहिलेसम्म?

काठमाडाैं ।

स्वास्थ्य सेवा मानव जीवनमा महत्त्वपूर्ण कुरा हो। स्वास्थ्य क्षेत्रमा शान्तिपूर्ण रूपमा सेवा प्रदान गर्न सकियोस् भन्ने सबैको चाहना हुन्छ। अस्पतालले जहिल्यै पनि कुनै पनि बिरामी आकस्मिक कक्षमा आउनसाथ निकै महत्त्वपूर्ण रूपमा हेरिरहेको हुन्छ।

कुनै पनि अस्पताललाई बिरामीको भावना विपरीत काम गर्योम भनेर बिरामी पक्षबाट लगाइने झुटा आरोपबाट केवल डाक्टर तथा समग्र अस्पतालको आत्माबल गिराउने कार्य गरिएको छ। अहिले चिकित्सा विज्ञानमा नेपालले पनि धेरै प्रगति गरिसकेको अवस्थामा अस्पतालहरू पनि आफ्नो गुणस्तरीय सेवा दिन लागिरहेका छन्।

स्वास्थ्य क्षेत्र भनेको मानिसको जिन्दगीसँग सम्बन्धित रहेको हुनाले यो क्षेत्रसँग सम्बन्धित हरेक व्यक्तिहरू सचेत रहेर आफ्नो अस्पतालजस्तो ठाउँमा शान्तिपूर्ण तरिकाबाट काम गर्ने वातावरण सिर्जना गराउनका लागि सरकारले पनि सुरक्षा निकायलाई निर्देशन दिनु आवश्यक छ।

चिकित्सक तथा अस्पतालसम्बन्धी भइरहेका आक्रमण कुनै नयाँ होइनन्। आफन्तको मृत्यु भएमा चिकित्सकको लापरबाहीका कारण जनाउँदै अस्पताल तोडफोड र स्वाथ्यकर्मीमाथि हातपात हुने गरेको छ। कतिपय अस्पतालमा यस्ता केसलाई उचालेर क्षतिपूर्तिका नाममा अस्पतालसँग रकम असुल गरेर मृतकका आफन्तसँग रकम बाँडफाँड गर्ने गिरोहसमेत रहेको चर्चामा आएका छन्। यसले अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षामा ज्यादै ठूलो चुनौती देखिएको छ ।

अस्पताल र डाक्टरमाथि पछिल्लो समय शृंखलावद्ध रुपमा आक्रमणहरु भइरहेका छन्। बिरामीको मृत्युको विषयलाई लिएर लासको व्यापार गर्ने गिरोहको सञ्जालले देशभरिका सबै अस्पतालमा एक खालको अड्डा जमाएर बसेको अवस्था छ। अस्पतालमा कुनै पनि बिरामीको सामान्य मृत्युलाई पनि ती दलालहरुले ठूलो घटना बनाएर अस्पतालसँग करोडौ पैसा बार्गेनिङ गर्ने गरेको धेरै उदहारण छन्। अस्पतालले पैसा नदिएमा अस्पतालमा आगो लगाउने तथा डाक्टरहरुमाथि नै आक्रमण गर्ने जस्ता धम्कि दिँदै आइरहेको अवस्था छ।

कुनै पनि अस्पताल र डाक्टरहरुले बिरामीको उपचारमा कुनै पनि कसुर बाँकी नराखी उपचार गरिरहेका हुन्छन्। उपचाररत बिरामीमा एकैचोटी विभिन्न रोगले एकै पटक आक्रमण गर्दा बिरामीलाई बचाउनसक्ने अवस्था हुँदैन त्यो समय डाक्टर र बिरामीका आफन्तले नसोचेको अप्रिय घटना घट्न पुग्छ। यही कुरालाई लिएर अस्पताल र   डाक्टरहरुले बिरामी मार्योे भनेर अस्पतालको भौतिक संरचना ध्वस्त पर्ने र  डाक्टरहरुमाथि आतंककारी शैलीमा आक्रमण जोकोहीलाई पनि नेपालको गृह प्रशासनले कुनै पनि हालतमा कानुनी दायरमा ल्याई कडाभन्दा कडा कारबाही गर्नुपर्छ।

अस्पतालमा कुनै पनि बिरामी आकस्मिक कक्षमा आउनासाथ डाक्टरले आफ्नो चिकित्सकीय धर्मलाई पालना गरेको नै हुन्छ। त्यो डाक्टर जसले तपाईंलाई सेवा दिइरहेको छ, ऊ कुनै अर्कै संसारको मान्छे होइन। त्यो तपाईंको आफ्नै छोरा, बुबा, दाइ तथा दिदी–बहिनी जे पनि हुन सक्छ। अस्पतालमा कुनै पनि डाक्टरले हेरेको बिरामीलाई कसरी राम्रो तरिकाबाट राम्रो सेवा दिई घर पठाउने भन्ने हुन्छ।

बिरामी पनि ठिक भई घर जाने समय भएको बेला पैसा तिर्ने बेलामा बिना कुनै गल्ती बिरामीका आफन्तहरु पैसा नतिर्ने बाहना बनाउँदै अस्पतालले सेवा राम्रो नदिएको दोषारोपण गराउँदै पन्छिन खोज्छन्। अस्पतालमा गएर सेवा लिएपछि आफ्नो धर्म अनुसार के–कति पैसा तिर्नुपर्ने हो, त्यो तिर्नुपर्ने कर्तव्य जसले सेवा लिएको हो, उसको हो।

बिरामीका आफन्तहरूलाई पनि अस्पतालले गल्ती गरेर बिरामीको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको जस्तो लागेमा उनीहरूले पनि सम्बन्धित निकायबाट आफ्नो समस्यालाई सरकारी तवरबाट पनि सत्यतथ्य के हो छानबिन गरी दोषीलाई कारबाही गर्नु आवश्यक छ। स्वास्थ्यकर्मीलाई बिना कुनै गल्ती कार्यस्थलमा कुटपिट तथा अभद्र व्यवहार गर्नु जस्तो अनैतिक कार्य मानव जीवनमा अरु हुनै सक्दैन।

स्वास्थ्य क्षेत्रमा बेला–बेलामा भएका यस्ता दुर्व्यवहार कुनै पनि हालतमा सैह्य हुँदैन। सरकारी निकायबाट पनि उपचार गराउन बसेका स्वास्थ्यकर्मीहरूलाई सुरक्षित रूपमा स्वास्थ्य सेवा दिने वातावरण बनाउनु आजको आवश्यकता हो। स्वास्थ्य खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्