मोरङको रंगेलीमा थुन नै नभएको गाईले बाछो पायो,प्राबिधिक भन्छन्, ‘हाडनाताबाट गर्भ रह्यो’

मोरङको रंगेलीमा थुन नै नभएको गाईले बाछो पायो,प्राबिधिक भन्छन्, ‘हाडनाताबाट गर्भ रह्यो’

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ८ चाईना गेटमा अनौठो गाई फेला परेको छ । मन्जौ मण्डलको घरमा दुई बर्ष अगाडि दाईजोको रुपमा बाछी ल्याए । बाछी ल्याएपछि परिवारमा खुसी छायो। सानैदेखि बाछीको स्याहारसुसार गरेर ठुलो पारे अनी गाई ब्याउने भयो । कात्तिक ५ गते गाईले बाछो जन्माए पछि बाछोलाई दुध खुवाउन खोज्दा गाईको त थुन नै भेटिएन ।
गाईको थुन नभएको बारेमा गाउँभरी हल्ला चल्यो अनी गाउँभरीका मान्छेहरु हेर्नको लागि आउन थालेको उनले बताए । गाईको थुन नभएपछि मण्डलले रंगेलीमा रहेको पशुपंक्षी सेवा कार्यलय रंगेलीमा बुधबार गाई र बाछो दुबै ल्याए । गाईको चारवटा थुन मध्ये एउटा सानो थुन भएको पशु प्राबिधिकले पत्ता लगाए । नायव पशु स्वास्थ्य प्राबिधिक ज्योती वाँस्कोटाले गाईको चार वटा थुन हुनुपर्नेमा तीन बटा थुन नै नभएको र एउटा थुन भएपनि त्यसमा दूध आउने नशा नभएको हुनाले दूध नआउने उनले जानकारी दिए ।
बाँस्कोटाले बाछो राम्रो भएको हुनाले बाछोलाई पाल्नका लागि ५ महिनासम्म निप्पलको सहारामा दूध खुवाउन सुझाव समेत दिए ।
थुन नहुनुको कारणको बारेमा पशु प्राबिधिक बाँस्कोटाले कुनै पनि पशुहरुको हाडनताबाट गर्भ रहेर जन्मेका पशुहरुमा यस्तो प्रकारको समस्या हुने गरेको बताए । आफ्नो कामको शिलशिलामा अहिलेसम्म यस्तो अनौठो गाई समेत नदेखेको अनुभव सुनाए ।
पशुसेवा कार्यालयमा आएका रंगेली ८ का धनेन्द्र बराल र पुर्णबहादुर खड्काले आफुले १५ बर्ष देखि पशुपालन गरेता पनि यस्तो किसिमको गाई अहिलेसम्म नदेखेको अनुभव सुनाए । रंगेली गौशलामा बिगत १० बर्षदेखि गाईको दूध दुहने र ब्यवस्थापनको काम थर्दै आएका उमेश दाहालले अफुले अहिलेसम्म यस्तो किसिमको गाई नदेखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्