विराटनगरमा भोली हुने ‘म्युजिक फेष्टिभल’ हेर्न छिमेकी राष्ट्र भारतबाट पनि आउनुहुनेछ दर्शक (सेन्ट्रो) भिडियो अन्तरवार्ता

विराटनगरमा भोली हुने ‘म्युजिक फेष्टिभल’ हेर्न छिमेकी राष्ट्र भारतबाट पनि आउनुहुनेछ दर्शक (सेन्ट्रो) भिडियो अन्तरवार्ता

विराटनगरमा भोली शुक्रबार ‘ विराटनगर म्यूजिक फेष्टीभल २०७६’ हुदैछ । लाइभ ईन्टरटेडमेन्टले विगत ४ बर्षदेखी विराटनगरका भव्य रुपमा म्यूजिक फेष्टिभल गर्दै आएको छ । भोली विराटनगरको जैन भवनमा हुन लागेको ५ औं संस्करणको विराटनगर म्युजिक फेष्टिभलको तयारी कस्तो छ र कलाकारहरु को को आउदैछन् भन्ने विषयमा रहेर विराटनगर म्युजिक फेष्टिभल कार्यक्रम संयोजक सन्तोस महत (सेन्ट्रो) सँग आवर विराटनगरले गरेको कुराकानी :

                                                                                                              सन्तोस महत
                                                                                                                 (सेन्ट्रो)
                                                                                               विराटनगर म्युजिक फेष्टिभल
                                                                                                           कार्यक्रम संयोजक

विराटनगरमा भोली हुने म्यूजिक फेष्टीभलको तयारी कस्तो भईरहेको छ ?
विराटनगर म्यूजिक फेष्टीभलको तयारी अब अन्तिम चरणमा पुगेको छ । हामीले प्रचार प्रसारदेखि लिएर टिकटको व्यवस्थापनको काम अन्तिम चरणमा रहेको छ । भोली हुने कार्यक्रम स्टेजको तयारीदेखी कलाकारको व्यावस्थापनको प्रवन्ध सबै मिलाई सकेका छौँ । कार्यक्रम गर्ने स्टेजको तयारीका लागी पनि साउण्ड सिस्टमको व्यावस्थापन पनि मिलाईसेकेका छौँ ।

टिकट चाही अहिले सम्म कति विक्री भईसके ?

हामीले विराटनगरको ६ वटा स्थानमा टिकट विक्रीको लागी टिकट काउन्टर राखेका छौँ । जहाँ मानिसको अत्याधिक भिड हुने स्थानमा टिकट विक्रीको लागी राखेका छौँ । टिकट विक्री विक्री भई नै हरेको छ । अहिले सम्म लगभग एक हजार भन्दा बढी टिकट विक्री भईसेकेको छ ।
यस पटकको विराटनगर म्यूजिक फेष्टिभलमा को को आँउदै हुनुहुन्छ ?

यसपालिको विराटनगर म्यूजिक फेष्टीभल ५ औँ संस्करण हो , यस पटको हामीले नेपालका चर्चित रक पप गायक सविन राई एण्ड फारो व्याण्डलाई निम्त्याएका छौँ । साथमा हामीले भ्वाई अफ नेपालका श्रीजे थपलिया र वहाँको ब्याण्डलाई राखेका छौँ , त्यसैगरी धरानको हिना एण्ड बदमास ब्याण्ड र स्थानिय कलाकारहरुको पनि विशेष प्रस्तुति रहने छ ।

अन्य बर्ष भन्दा यस बर्ष फरक तरिकाले गर्ने सोचमा हुनुहुन्छ आखिर के छ त्यस्तो ?

पक्कै पनि यो वर्ष हामी अन्य वर्ष भन्दा फरक तरिकाले नै गर्नुपर्छ भनेर हाम्रो टिममा सल्लाह भयो । त्यही अनुरुप हामीले नयाँ र फरक तरिकाले गर्ने भनेर प्लान बनाउदै आयौ । अरु बेला हामीले खाली चउरमा गर्दै आएका थियौ तर यस पटक भने हामीले विराटनगरको मुटुमा रहेको मेनरोड अवस्थित जैन भवनमा गर्दैछौँ ‘जहाँ मेनरोडको एउटा सेन्टरपोइन्टमा रहेको छ ।’ अन्य वेला हामीले निशुल्क गर्दैै आएका थियौ भने, यस पटक प्रवेश शुल्कमा एक सय रुपैयाँ टिकट राखेका छौँ ।

भोली कति बजेदेखी सुरु हुदैछ कार्यक्रम ?

कार्यक्रम हामीले तिन बजेको टाइम लेखेका छौँ । तर टिकटको लागी १२ बजेदेखी नै गेटमा विक्रीको लागी स्वयम सेवकहरु बस्नु हुनेछ । ३ बजे चाही हाम्रो गेट ओपन हुन्छ र ४ ः ३० बजेदेखि हाम्रो औपचारिक रुपमा कार्यक्रम सुरु गछौँ ।

अनि सुरक्षा व्यवस्थापनको तयारी कस्तो छ त ?

पक्कै पनि सुरक्षाको चुनौती रहन्छ हरेक कुनै पनि कार्यक्रममा कुनै पनि इभेन्टमा हामीले जिल्ला प्रहरी कार्यालयसित समन्वय गरेर अगाडी बढी रहेका छौँ । कार्यक्रममा कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सुरक्षागार्डको साथमा हाम्रो स्वयसेवक साथीहरु पनि तैनाथ रुपमा खटिने छन् । कार्यक्रम स्थलमा कुनै पनि ध्रुम्रपान र मध्यपान जस्ता वस्तुहरु एलाउट छैन, हामीले त्यस्ता बस्तुहरुको पुर्णरुपमा बन्देज लगाएका छौँ । दर्शकहरु ढुक्कभएर कार्यक्रम हेर्न आउन सक्नुहुनेछ ।

यो कार्यक्रम हेर्नको लागी कहाँ–कहाँबाट दर्शकहरु आउदैहुनुहुन्छ ?

यस पटकको कार्यक्रम हेर्नको लागी छिमेकी राष्ट्र भारत जोगवनीबाट आउनुहुनेछ । त्यसैगरीे इटहरी , धरान पूर्वी ठाउँहरुबाट पनि दर्शकहरु आउनुहुने अनुमान गरीएको छ । यस पटकको कार्यक्रममा लगभग २देखी ३ हजार सम्म दर्शक आउने अनुमान गरेका छौँ ।

अन्त्यमा म्यूजिक फेष्टीभल हेर्न आउनुहुने दर्शक महानुभवहरुलाई केही भन्न चाहानुहुन्छ ?

भोली विराटनगरको जैन भवनमा हुने पाँचौ सस्करणको म्युजिक फेष्टिभल हेर्न आउनुहुने महानुभवहरुलाई लाईभ ईन्टरटेडमेन्टको तर्फबाट हृदयदेखि स्वागत छ । विराटनगर म्युजिक फेष्टिभल हेर्न आउदा आफ्नो व्याग ,हेल्मेट साथै पानीको बोतल नल्याईदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
हामीले म्यूजिक फेष्टिभल हेर्न आउनुहुने महानुभवको लागी २ वटा फुडकोटकोर्टको पनि व्यावस्था गरेका छौ । यस पटकको भव्य रुपमा हुन लागेको साँगेतिक कार्यक्रम हेर्न नछुटाउनुहोला..। साथै आवर विराटनगरलाई पनि हाम्रो बारेमा केही कुरा राख्ने मौका दिनुभएको मा धेरै– धेरै धन्यवाद दिन चाहान्छु ।

एन्जु शिवाकोटी (माकुरी)
प्रशिक्ष्यार्थी पत्रकार

आवर विराटनगर

भिडियो अन्तरवार्ता

https://www.facebook.com/ourbrt/videos/954953364838761/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्