झापामा लिफ्टबाट लडेर एकजनाको ज्यान गयो

झापामा लिफ्टबाट लडेर एकजनाको ज्यान गयो

झापा । झापाको दमक नगरपालिका ६ मा रहेको दमक मल सेन्टमा लिफ्ट बनाउने क्रममा एकजनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा पाँचथर पात्लेभञ्याङ घर भई दमक ८ बस्ने ३५ बर्षीय सन्तोष मगर रहेको प्रहरीले जनाएको छ ।
आज बिहान लिफ्ट बनाउने क्रममा अचानक लिफ्ट माथीबाट झरी च्यापिएर घाईते भएका मगरलाई उपचारको लागि लाईफ लाईन अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उनको धरान लैजाने क्रममा बाटोमै ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्