लागुऔषध सहित उदयपुरबाट दुईजना पक्राउ, कोडा सहित लागु औषध नियन्त्रणमा

लागुऔषध सहित उदयपुरबाट दुईजना पक्राउ, कोडा सहित लागु औषध नियन्त्रणमा

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ बाट लागुऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय युवाहरुले आफ्नै कोठाबाट लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचना पाए लगत्तै आज बिहान जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । यसरी पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का २८ बर्षीय उद्धव तामाङ र १८ बर्षीय सोभित चौधरी रहेका छन् ।
कोठा खानतलासी गर्दा कोठाबाट डाईजोल्याव १६ एम्पुल, नोर्फिन १६ एम्पुल, फेनारागन १६ एम्पुल, खाली सिरिन्ज ३ थान, कौडा १६ थान, डाईसको गोटी ६ थान र नगद १८ हजार ८ सय समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्