विराटनगर। विराटनगरमा अज्ञात समुहले एक औषधि ब्यापारी माथि खुकुरी प्रहार गरेको छ । विराटनगर महानगरपालिका ६ स्थित रामपुरमा फार्मेसी संचालन गर्दै आएका ब्यवसायी माथि खुकुरी प्रहार भएको हो ।
विगत २ वर्षदेखि फार्मेसी संचालन गरेर बसेका २७ बर्षिय विपेन्द्र मण्डल माथि खुकुरी प्रहार भएको थियो । असोज ३० गते दिउसो २ बजे औषधी पसलमा बसिरहेको अबस्थामा पछाडीबाट मण्डलको ढाडमा खुकुरी प्रहार भएको घाईते मण्डलले बताए ।
सामान्य घाईते मण्डलको कोशी अञ्चल अस्पतालमा उपचार भएको थियो । घाईते मण्डलले आफुमा खुकुरी हान्ने व्यक्तिलाई सिसि क्यामारा देखेको बताएका छन् । ‘छिमेकीले राखेको सिसि क्यामारामा हातमा लुगाले लुकाएर ल्याउदै गरेको देखिन्छ, घाईते मण्डलले भने, ‘अन्दाजी २० – २१ बर्षको उमेरको देखिने युवालाई आफुले कतै देखेको हो ।’
सिसि क्यामाराको फुटेज सहित जिल्ला प्रहरी कार्यलय मोरङ उजुरी दिएको मण्डलले बताए । सुरुमा प्रहरीमा उनले ज्यान मुद्दा सम्बन्धी उजुरी दिएको थिए । प्रहरीले लिन नमाने पछि हिजो मात्र अवद्र व्यावहार सम्बन्धि मुद्धा दर्ता भएको उनले बताए ।
उनले आफ्नो कसैसँग दुस्मनी नभएको तर अचानक खुकुरी किन हानियो भन्ने बारेमा थाहै नभएको बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले मण्डल माथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई सिसि क्यामाराको आधारमा खोजतलास भईरहेको बताए ।