विराटनगरमा कोशी अस्पतालका विरामी कुरुवालाई एक महिनादेखि निःशुल्क भोजन

विराटनगरमा कोशी अस्पतालका विरामी कुरुवालाई एक महिनादेखि निःशुल्क भोजन

विराटनगर । नेपाल अग्रवाल महिला मञ्च विराटनगरले कोशी अस्पतालका विरामीका कुरुवाहरुलाई एक महिनादेखि निःशुल्क भोजन गराएको छ । अग्रसेन जयन्तीको उपलक्ष्यमा कोशी अस्पतालका प्रसुती वार्डमा रहेका विरामीका कुरुवालाई दैनिक बिहानको भोजन गराइएको मञ्चका अध्यक्ष उमा अग्रवालले जानकारी दिनुभयो । दैनिक डेढ सय जना विरामी कुरुवाहरुलाई अग्रसेन जयन्ती भन्दा १५ दिन अघिसम्म र १५ दिन पछिसम्म निःशुल्क खाना उपलब्ध गराइएको हो ।
विरामीलाई भने अस्पतालले नै निःशुल्क खाना उपलब्ध गराउँदै आएको छ । अत्यन्त गरिब र असहायहरु उपचारका लागि कोशी अस्पतालमा उपचारार्थ आउने गरेकाले निःशुल्क भोजन कार्यलक्रम राखिएको नेपाल अग्रवाल महिला मञ्च विराटनगरले जनाएको छ ।
एक महिने निःशुल्क भोजन कार्यक्रममा करिब १ लाख ८० हजार रुपैया खर्च भएको अग्रवालले जानकारी दिनुभयो । यो रकम आफ्नै समुदायबाट चन्दा उठाएर यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गरेको अग्रवाल महिला मञ्चले जनाएको छ । निःशुल्क भोजन कार्यक्रम सफल भएपछि यसलाई निरन्तरता दिने र कम्तीमा प्रसुती वार्डका विरामीका कुरुवालाई वर्ष भरी नै निःशुल्क भोजन गराउने तयारी भइरहेको अध्यक्ष अग्रवालले बताउनुभयो ।
भोजन वितरण कार्यक्रममा विराटनगरका मेयर भीम पराजुली, मारवडी समितिका अध्यक्ष मोहनलाल शर्मा, नेपाल अग्रवाल समाजका अध्यक्ष देवकी नन्दन अग्रवाल, ,अग्रवाल महिला मञ्च सल्लाहकार निलम नेवटिया, उमा अग्रवाल, उद्योगपती श्रवण अग्रवाल, साहित्यकार लक्ष्मण नेवटियारहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्