पेट्रोलपम्प नजिकै आधा दर्जन पसलमा भीषण आगलागी, करोडौको क्षति

पेट्रोलपम्प नजिकै आधा दर्जन पसलमा भीषण आगलागी,  करोडौको क्षति

नेपालगञ्ज। नेपालगञ्जको वीपीचोक नजिक आधा दर्जन पसलमा आगलागी भएको छ । आगलागीबाट करोडौको क्षति भएको छ।

जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताव र फलफूल पसलमा आगो लागेको हो। जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ। जनताले मात्रै ५० लाखबढीको क्षति भएको बताएको छ। क्षतिको विवरण आउन बाँकी नै रहेको छ।

सवा ६ बजे लागेको आगो बाँके र बर्दियाका ६ वटा दमकल, प्रहरी, आर्मी र सशस्त्र प्रहरी मिलेर ८ बजे नियन्त्रणमा लिएका छन्।

बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर वलीको को कमाण्डमा दुई सय प्रहरी परिचालन गरिएको थियो। बर्दियाको मधुवन, गुलरिया नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, एयरपोर्ट र नेपालगञ्जका दुई वटा दमकलले आगो निभाएको हो।

केही महिना अघि त्यही नजिकका एक दर्जन बढी फर्निचर पसलमा आगलागी भएको थियो। पछिल्लो तीन महिनामा नेपालगञ्जमा पाँच वटा ठूला आगलागी भएको छ । अहिले आगो लागेको नजिकै पेट्रोल पम्प रहेकाले ठूलो जोखिम बढेको थियो।

एसपी वलीले नजिकै पेट्रोल पम्प, ग्याँस सिलिण्डरको पसल रहेकाले ठूलो दुर्घटनाको जोखिम बढेकोमा ६ वटा दकमल बोलाएर जिल्लाका सबै प्रहरी परिचालन गरेर निभाउन सफल भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्