मौसममा बदली, वर्षासँगै हिमपातको सम्भावना

<span class='c1'>मौसममा बदली, वर्षासँगै</span> <span class='c2'>हिमपातको सम्भावना</span>

काठमाडौँ । देशभर शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको पूर्वी तथा मध्य भूभागको मौसममा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् । पूर्वी भेगका थोरै स्थानहरूमा साथै मध्य पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदको भनाई छ । पूर्वी उच्च हिमाली भूभागमा हल्का हिमपातको संभावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्