धनकुटाको महालक्ष्मी नगरपालिकामा १३ वर्षमै चर्चित पुरोहित !

<span class='c1'>धनकुटाको महालक्ष्मी नगरपालिकामा १३</span> <span class='c2'>वर्षमै चर्चित पुरोहित !</span>

धनकुटा । उमेरले १३ वर्ष मात्रै पुगेका छन्, धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवाका टुवराज कोइराला। तर हरेक कर्मकाण्डमा पोख्त, परिपक्व पुरोहित जस्तै छन् उनी। यो खर आजको अन्नपूर्ण पोष्ट दैनिकमा धनकुटाबाट हरिबहादुर लम्जेनले लेखेका छन्।

गाउँघर कतै जजमानी गर्नुपर्ने उनैलाई पहिलो निम्तो आउँछ।प्रायः सबै ठाउँमा उनी नै पुग्छन्। निम्ता आएका घरमा गई उनी अग्रज तथा परिपक्व पण्डितले झैँ कर्मकाण्ड गर्छन्।

संखुवासभाको मादीमा रहेको पुण्य हरिकुलमा उनी संस्कृत पढिरहेका छन्। भविष्यमा दक्ष प्रवचन दिने नामी पण्डित बनने धोको रहेको उनले बताए।

अहिले उनले कक्षा ७ मा कर्मकाण्ड, बेद, रुद्री, चण्डी, गीता पास गरिसकेका छन्। अन्त्यष्ठि कर्म (मृत्यु हुनअघि र पछिको संस्कार) श्राद्ध, वेद पाठ, रुद्री, सत्यनारायण पूजा, चण्डी पाठ, विवाह, ब्रतबन्ध लगायतका सबै काम उनले सजिलै गर्ने बुवा गायत्री कोइरालाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्