झापाको गौरादहमा आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव २०७६ हुने

झापाको गौरादहमा आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव २०७६ हुने

झापा, कार्तिक ८ झापाको गौरादहमा आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव २०७६ हुने भएको छ ।

नेपाल मानव धर्म सेवा समिति शाखा गौरादहको आयोजनामा धार्मिक पर्यटन प्रवर्द्धन गर्न आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव २०७६ हुने भएको हो । मंसिर ८ गते देखि १६ गते सम्म गौरादह क्षेत्रमा रहेका प्राकृतिक तथा धार्मिक सांस्कृतिक सम्पदाहरुको अन्य क्षेत्रमा समेत प्रचारप्रसार गराउने महोत्सवको लक्ष्य रहेको आयोजक मूल समारोह समितिका अध्यक्ष डा.तिलक खनालले जानकारी दिए ।

उक्त महोत्सवमा मुर्तिकला, चित्रकला, स्थानीय जातजाति, भाषाभाषीहरुले प्रयोग गरेका सामग्री, खानपिन,भेषभुषा,स्थानीय उत्पादनहरु, धार्मिक, आध्यात्मिक दर्शन सास्त्रीहरुका पुस्तकहरुका साथै ब्यापारीक स्टलहरु समेत प्रदर्शनीको रुपमा रहने खनालले बताए ।

पर्यटन बर्ष २०२० लाई समेत सघाउ पुर्‍याउनु का साथै आन्तरिक पर्यटक प्रवर्द्धन गर्दै समाज र देशलाई रुपान्तरण गर्न धार्मिक क्षेत्रको महत्त्व दर्शाउने उद्देश्यले संचालन गरिने महोत्सवमा निशुल्क प्रवेश दिईने र करिव १२ लाख सम्मको लागतमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। महोत्सवबाट बचेको रकम गौरादह-४ को मिलन चौकमा निर्माणाधिन अवस्थामा रहेको मानव धर्म सेवा समितिको भवनमा लगाइने छ ।

महोत्सवलाई थप आकर्षक बनाउन ख्याति प्राप्त ब्यासाचार्यबाट महापुराण वाचन, कलाकारका कलाहरु,मानव उत्पति र चित्रकला प्रदर्शनी, गौशालाको व्यवस्था र गौपूजन, योग र विशेष ध्यान शिविर,लोकप्रिय नेपाली बाजाहरुको प्रदर्शनी, गौरादहका लोकप्रिय व्यक्ति स्व.नरबहादुर डिठ्ठाको स्मरणमा तयार पारिएको एकांकी नाटक प्रदर्शनी तथा नैतिक आचरण र शिक्षा प्रदान गर्न सकिने लघु नाटकहरुको प्रदर्शनी गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्