विराटनगर विमानस्थलमा प्रचण्डको चार घण्टा कुराई, प्रचण्ड झर्न नपाई हिँडे ‘पत्रकार जिल्ल परे’

विराटनगर विमानस्थलमा प्रचण्डको चार घण्टा कुराई, प्रचण्ड झर्न नपाई हिँडे ‘पत्रकार जिल्ल परे’

विराटनगर । शुक्रवार बिहान ८ बजे बिराटनगर बिमानस्थलमा पत्रकारलाई बोलाईएको थियो । नेकपा मोरङले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुनको लागि नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल आउने कार्यक्रम थियो ।

निर्धारित समयमा नै साँढे ९ बजे रक्षा मन्त्री समेत रहेका ईश्वर पोखरेल बिमानस्थलमा अवतरण गरे लगत्तै आउने भनिएका नेकपा पार्टी अध्यक्ष प्रचण्डको जहाज ढिला हुने भनियो ।

बिहान ९ बज्न भन्दा अगाडि नै विमानस्थलमा पुगेका पत्रकारहरु मन्त्री पोखरेलसँगको कुराकानी पछिपनि बिमानस्थलमा नै प्रचण्डको पर्खाईमा थिए । केही आफ्नो कामको सिलसिलामा समाचार बनाउन लागे भने कोही त्यहीँ देखिन्थे ।
पछिल्लो समय बिभिन्न कार्यक्रमहरुमा प्रचण्डले दिएका अभिब्यक्तिले गर्दा पार्टी भित्र आन्तरिक कलह भएको होकी भन्ने देखिन्छ । त्यही कुरा जान्न पत्रकारहरु उत्सुक थिए । आखिर पार्टी एकीकरणको बेलामा भएको सहमतीको बिषय पछिल्लो समय चर्चामा छ । किन प्रचण्डले पार्टी एकता र प्रधानमन्त्री ओली माथिका प्रश्नहरु उब्जाएका हुन भनेर पत्रकारहरु जान्न चाहन्थे ।

९ बजेर ३० मिनेटमा अवतरण हुने भनिए जहाज मध्यान्ह झण्डै साढे १२ बजे अवतरण गर्यो । स्वागतका लागि गएका नेताहरु प्रचण्डलाई फुल माला ललाउनमा ब्यस्त देखिन्थे पत्रकारहरु फोटो खिच्ने र भिडियो खिच्दै थिए । लगत्तै विराटनगर विमानस्थलको भिआई कक्षमा सँधै जस्तै पत्रकारहरु आफ्नो लाईनमा उभिएर बसे । प्रचण्ड आउलान् र बस्लान् भन्ने सोचेर क्यमेरा, रेकर्डर र डायरी सहित तयारीमा रहेका पत्रकारहरुले प्रचण्ड हल भित्र पसेको र बाहिरिएको पत्तै पाएनन् । पत्रकार तर्फ समेत हेर्दै नहेरी प्रचण्ड सिधै बाहिरिए । निक्कै तयारीमा देखिएका पत्रकारहरु जिल्ल परे । बिहान ९ बज्न १५ मिनेट बाँकी हुँदा विमानस्थलमा पुगेका पत्रकारले झण्डै चार घण्टाको अबधिमा खोजेको कुरा नपाए पछि भन्दै थिए ‘फेरी धोका’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्