विराटनगरको जैन भवनमा आज ४ बजेदेखी भव्य साँस्कृतिक कार्यक्रम, हेर्न जाने हैन त..?

विराटनगरको जैन भवनमा आज ४ बजेदेखी भव्य साँस्कृतिक कार्यक्रम, हेर्न जाने हैन त..?

विराटनगर, ८ कातिक । विराटनगरको जैन भवनमा आज ‘ विराटनगर म्यूजिक फेष्टीभल २०७६’ हुदैछ । लाइभ ईन्टरटेडमेन्टले विगत ४ बर्षदेखी विराटनगरका भव्य रुपमा म्यूजिक फेष्टिभल गर्दै आएको छ । यसपटक पनि शुभदिपावली छठ र नेपाल संम्वतको अवसरमा पुर्व क्षेत्रका वासिन्दालाई मनोरन्जन प्रदान गर्न र सरकारले मनाउन लागेको पर्यटन वर्ष २०२० लाई भव्य रुपमा सफल गर्न साँस्कृतिक कार्यक्रम गरिएको कार्यक्रम संयोजक सन्तोस महत सेन्ट्रोले जानकारी दिए । आज ४ बजेदेखी सुरु हुने म्युजिक फेष्टिभल सास्कृतिक कार्यक्रम राती ९ बजे सम्म जारी रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपालका चर्चित गायक सविन राई एण्ड फारोह व्याण्ड मुख्य कलाकार रहने जनाईएको छ । त्यसैगरी भ्वाईस अफ नेपालका पहिलो सिजनको उप विजेता विराटनगरका श्रीजे थपलियाको श्रीेजे एण्ड द प्ले व्याड, धरानको हिना एण्ड वदमास, द ग्रिन लिफ व्याण्ड, साथै विराटनगरका ख्याति प्राप्त संगितकर्मीहरुको समुह रहने आयोजकले जनाएको छ ।
विराटनगर म्युजिक फेष्टिभल २०७६ को विराटनगर महानगरपालीकाको मुख्य प्रर्वद्धकको रुपमा रहेको छ भने अनलाईन मिडिया पार्टनरको रुपमा आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्