पूर्व मन्त्री आलमलाई हिरासतमा राख्न आठ दिन म्याद थप

पूर्व मन्त्री आलमलाई हिरासतमा राख्न आठ दिन म्याद थप

यादवराज पुरी

काठमाडौं, कार्तिक ८ गते । राजपुर बम काण्डका आरोपी पूर्व मन्त्री एवं नेपाली काँग्रेस रौतहटका निलम्वित सांसद् मोहम्मद अफताब आलमलाई अनुसन्धानको लागि तेस्रो पटक आठ दिनको म्याद थप गरेको छ ।

जिल्ला अदालत रौतहटका न्यायधिश केशवराज पाण्डेको इजलासले आज ८ दिनको म्याद थपेको हो । पहिलो संविधान सभा निर्वाचनको क्रममा २०६४ साल चैत २७ गते राती नेता आलमका काका शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएको आरोप लागेको छ ।

उहाँलाई प्रहरीले असोज २६ गते चन्द्रनिगाहपुर–गौर सडक खण्डमा पर्ने इद्रिश गेट नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

यसैबीच रौतहटको सदरमुकाम गौरमा नेपाली काँग्रस जिल्ला समितिले नेता आलमको गिरफ्तारीको विरोधमा मौन जुलुस प्रदर्शन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्