विराटनगरमा प्रचण्डले भने, ‘दुई मुर्ख कमाण्डरको पार्टी एकतालाई आँखाको नानी बनाउनुस्’

विराटनगरमा प्रचण्डले भने, ‘दुई मुर्ख कमाण्डरको पार्टी एकतालाई आँखाको नानी बनाउनुस्’

विराटनगर। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका दुई मुर्ख कमाण्डरको पार्टी एकतालाई आँखाको नानी बनाउन पार्टी कार्यकर्तालाई आब्हान गरेका छन् । नेकपा मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा कार्यकर्ता प्रशिक्षणको क्रममा अध्यक्ष प्रचण्डले दुई पार्टीका दुई मुर्ख कमाण्डरले गरेको निर्णयमा सबै कार्यकर्ता हाम्फालेर लागेको कारण एकता सफल भएको बताएका हुन् ।

पार्टी एकता पछि एकले अर्कोलाई चिन्नु पर्ने र विस्वास दिलाउनु पर्ने बेला अहिले भएकोले पार्टी एकतालाई आँखाको नानी बनाएर अगाडी बढाउन उनले कार्यकर्तालाई आग्रह गरेका हुन् । पछिल्ला समय केही गतिबिधिहरु भएको र त्यसले पार्टी भित्र घुन- पुत्लो लगाउने प्रयास भईरहेको बताउँदै प्रचण्डले पार्टी एकता भएको देख्न नचाहने केही तत्वहरुलाई जवाफ दिनु पर्ने खाँचो रहेको उल्लेख गरे ।
‘पार्टी एकता बिचार नमिलेर हैन बिचार मिलेर नै भएको हो, उनले भने, ‘एमालेको नबौँ महाधिवेशनको लाईन र माओवादीको हेटौडा महाधिबेशनको लाईन एकै भएपछि पार्टी एकता सफल भएको हो ।’ उनले जनताको बहुदलिय जनवादलाई निस्तेज पार्ने काम नभएको बताउँदै यसलाई पार्टीको सम्पतीको रुपमा लैजानु पर्ने स्पष्ट पारे । जवजलाई सकारात्मक विश्लेषण गरि पार्टीको सम्पतीको रुपमा अगाडी लैजानुको बिकल्प नभएको बताए ।मदन भण्डारीको विकास र प्रचण्डको विकास सँगै भएको सवाललाई एकै ठाउँमा राखेर झण्डै ५० मिनेट भाषण गरेका अध्यक्ष प्रचण्डले एकिकृत पार्टीको पुँजीको ब्याख्या गर्दै मदन भण्डारीको योगदान र उच्च सम्मान पनि पार्टीले गरेको ब्याख्या गरे । उनले माओवादी जनयुद्धले खेलेको भुमिका, त्यहाँको सहिदले गरेको बलिदान र प्रचण्डले खेलेको भुमिकाको पनि सकारात्मक मुल्याङ्कन गरिएको जानकारी दिँदै त्यसलाई पनि दस्तावेजिकरण गरिएको सुनाए ।
‘पार्टी एकतापछि मदन भण्डारी र जनताको बहुदलिय जनवाद पनि सिङ्गै पार्टीको सम्पति भयो, अध्यक्ष प्रचण्डले भने, ‘माओवादी जनयुद्ध, शान्ति सम्झौता अरु सबै परिवर्तन र प्रचण्डलाई पनि साझा सम्पति बनाईएको छ ।’
पार्टीलाई बुझ्न नसक्दा, यसरी नहेर्दा अहिले आफुले आफै तिर खोस्रिएर कुखुरो जस्तो हुन खोजेको कार्यकर्तालाई सुझाए । कुखुरो जस्तो हैन चिल जस्तो भएर विश्व चिन्न उनले कार्यकर्तालाई आग्रह गरे । माओवादीबाट आएकालाई माओवादी र २१ औ सताब्दीको जनवाद भनेर जान पाए हुन्थ्यो भन्ने जस्तो देखिन्छ भने अर्कोलाई जनताको बहुदलिय जनवाद नै भनेर जान पाए हुन्थ्यो भन्ने जस्तो देखिएको छ, अध्यक्ष प्रचण्डले भने, ‘अब यी दुबैलाई परिस्कृत गरि परिमार्जन गरि नयाँ सिराबाट अघि बढ्नु पर्छ ।’
अहिलेको पार्टी एकतालाई अप्ठेरो मानेको जस्तो, नगर्न पाए हुन्थ्यो भन्या जस्तो गरियो भने त्यो जस्तो आत्माघाती अरु नहुने स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्