विराटनगरको सेन्ट्रल मलको फुडकियोसमा रमाउदै खानाका पारखीहरु

विराटनगरको सेन्ट्रल मलको फुडकियोसमा रमाउदै खानाका पारखीहरु

विराटनगर । विराटनगरको मेन रोडमा पहिलो पटक स्ट्रीट लेन सहित संचालनमा आएको सेन्ट्रल मलमा समान खरिद गर्न मात्र हैन सेन्ट्रल मल भित्र रहेको फुडकियोसमा रमाउनेको भिड लागेको छ । सेन्ट्रल मल भित्र रहेको सेन्ट्रल मल्टिप्लेक्स सिनेमा हलमा फिल्म हेर्न आउने दर्शकको पनि बाक्लो भीड छ ।
नेपालीहरुको दोस्रो ठूलो चाड दिपवलीसँगै सेन्ट्रल मलमा उपभोक्ताहरुको भीड झनै देख्न सकिन्छ । त्यतिमात्र हैन सेन्ट्रल मल भित्र ३ वटा फुडकियोस् पनि संचालनमा रहेका छन् । जस अन्तर्गत सेन्ट्रल मलको मुख्य प्रवेशद्धारमा कलकताको स्वाद सहित विभिन्न खानाका परिकारमा दही बडा , चाट र पानी पुरीको स्वाद लिन सर्बसधारण पुग्छन् ।
त्यसैगरी सेन्ट्रल मलको माथिल्लो तलामा एसी तथा ननएसी फुड्कियोस् पनि रहेको छ । जस अन्र्तगत एसीमा ईटालीयन स्वाद सहितको पिज फायर र ब्रियानी पारखीहरुको लागी ब्रियानी प्याराडाईज समेत रहेको छ । त्यसैगरी नन एसी अन्र्तगत रङ्गोज म.म हाउस, एटु जेड चाट हाउस र स्यानको कथ्थी रोल आदी रहेको छ । ‘विराटनगरमा आधुनिक, उत्कृष्ट र गुणस्तरको सम्मिश्रण रहेको सेन्ट्रल मलमा वेला बेलामा उपहार योजनासँगै साँगितिक कार्यक्रम पनि हुँदै आएका संचालक प्रकाश मुण्दडाले बताए ।
सेन्ट्रल मलमा सामान खरिद गर्न आउने उपभोक्ताहरु विराटनगरको दृष्यलोकन गर्दै फुडकियो्समा रमाउन गरेका छन् । फुडसियोसमा मःमको परिकार चाउमिन, पिज्जा, लाफिङको स्वाद लिन आउनेहरु धेरै छन् । साथै आगामी दिन प्रख्यात चिकेन स्टेशन ल्याउने तयारी पनि रहेको सेन्ट्रल मलका संचालक मुण्दडा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्