सुनसरीको बर्जुमा मोटरसाईलक दुर्घटना, एकजनाको मृत्यु एकजना घाईते

सुनसरीको बर्जुमा मोटरसाईलक दुर्घटना, एकजनाको मृत्यु एकजना घाईते

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका ६ बर्जुताल नजिक भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । पूर्वबाट पश्चित तर्फ जाँदै गरेको को ३० प ५६२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल चालक देवानगञ्ज गाउँपालिका ७ का २१ बर्षीय रबिन्द्र मेहतालाई उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकलको पछाडी सवार १६ बर्षीय दिपेश यादव घाईते भई गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्