रोल्पाका सनी विश्वकर्मा बने पहिलो ‘आईएमई लोकस्टार’, जिते ५० लाख

रोल्पाका सनी विश्वकर्मा बने पहिलो ‘आईएमई लोकस्टार’, जिते ५० लाख

काठमाडौै ।  सनी विश्वकर्माले 'आईएमई लोकस्टार'को उपाधि जितेका छन्। पहिलो संस्करणको उपाधिसँगै रोल्पाका साढे सत्र वर्षीय सनीले नगद ५० लाख रूपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवनबिमा पाएका छन्।

चेतन गोतामे, विनोद दनुवार तथा रामकुमार नेपाली पछिपार्दै उपाधि जितेका हुन्। यसैगरी रनरअप बनेका चेतन गोतामेले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन्।

सेकेण्ड रनर अप घोषित भएका विनोद दनुवारले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार प्राप्त गरे। शुक्रबार साँझ प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा भएको ग्र्याण्ड फिनालेमा पर्फमर अफ दि सिजनको उपाधि रामकुमार नेपालीले जिते।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्