इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले हराएका २४ थान मोबाइल बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।
प्रहरीले शनिबार हराएका ती मोबाइल सम्बन्धित धनीलाई बोलाएर जिम्मा लगाएको हो। प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले विभिन्न कम्पनीका ती मोबाइलको अभिलेख खोजी सम्बन्धित धनीलाई बुझाइएको हो।
इलाका प्रहरीको अपराध अनुसन्धान शाखाले हराएका तथा चोरी भएका आइफोन, सामसङ, ओप्पोलगायत फोन खोजी गरेको थियो। एक महिनायता अभियानकै रुपमा हराएका तथा चोरी भएका मोबाइल प्रहरीले खोज्न थालेको छ। वितरण गरिएको मोबाइलहरूको हालको बजार मूल्य ६ लाख ६१ हजार रुपैयाँ रहेको छ।