टंकीसिनवारीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो, स्कुटर चालकको अबस्था गम्भीर

टंकीसिनवारीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो, स्कुटर चालकको अबस्था गम्भीर

विराटनगर । टंकीसिनवारीमा रहेको एसिया आयल निगम अगाडी ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । पेट्रोल पम्पबाट नजिकै नेमुवा तर्फ जाँदै गरेको ट्याङ्करले ठक्कर दिएको हो । ना ४ ख २४४१ नम्बरको ट्याङ्करले को २४ प ४२८९ नेमुवाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाईते भएका छन् । गम्भीर घाईतेको विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचारको लागि पठाईएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ । थप जानकारी आउन बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्