मोरङमा देउसी भैलो राति १० बजेसम्म

<span class='c1'>मोरङमा देउसी भैलो</span> <span class='c2'>राति १० बजेसम्म</span>

स्थानीय सुरक्षा समितिको आज बसेको बैठकले चाडपर्वको बेलामा जुवातास खेल्ने तथा मदिरा सेवन गरी शान्तिसुरक्षामा खलल पु¥याउने जो कोहीलाई कानूनको दायरामा ल्याउने, तिहार मनाउने क्रममा पटाका र आतिसबाजी जस्ता कार्यले स्वास्थ्य र सुरक्षामा असर पर्न जाने, चोटपटक लाग्ने र आगलागी भई धनजनको क्षति हुन सक्ने भएकाले त्यस्ता पदार्थको उत्पादन, आयात, निर्यात, खरीद, बिक्री वितरण, ओसापसारलगायतमा पूर्ण रोक लगाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

चाडपर्वमा हुन सक्ने महँगी, कालोबजारी, अखाद्य पदार्थ, म्याद सकिएका पदार्थको भण्डारण, बिक्री वितरणलाई प्रभावकारी रुपमा अनुगमन, नियमन र नियन्त्रण गर्ने कार्यलाई सम्बन्धित स्थानीय निकायलाई निर्देशन दिने निर्णय बैठकमा भएको छ । भारतबाट आयात गरिने पटाका तथा प्रज्वलनशील पदार्थमा रोक लगाउन प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाउनाका साथै बजारमा अनुगमन कार्य तीव्र पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्