दुहबीमा मैदा मिलमा मेसिनको पंखा बनाउने क्रममा मजदुरको ज्यानगयो

दुहबीमा मैदा मिलमा मेसिनको पंखा बनाउने क्रममा मजदुरको ज्यानगयो

दुहबी । सुनसरीको दुहबी नगरपालिका ८ स्थित मैदामिलमा काम गर्ने एक मजदुरको ज्यान गएको छ । सप्तरी घर भएका बर्ष ४८ का चन्देश्वर मण्डलको मृत्यु भएको हो । आज बिहान फ्याक्ट्रिको १५ फिट अग्लो स्थानमा रहेको हाई प्रेसर मेसिन (पंखा ) बिग्रिएर बनाउने क्रममा अचानक लडेर उनी गम्भीर घाईते भएका थिए ।
घटनास्थलमा खटिएको सि.आर.भि. सोनापुरको प्रहरी टोलीले घाईतेलाई उपचारकोलागी न्युरो अस्पताल विराटनगर ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्