जुवाको खालबाट २ करोड नगदसहित २५ जुवाडे पक्राउ

जुवाको खालबाट २ करोड नगदसहित २५ जुवाडे पक्राउ

 

प्रहरीले काठमाडौंको महाराजगंजबाट २५ जना जुवाडेलाई प्रक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, महाराजगंजले आइतबार पत्रकार सम्मेलन गरी शनिबार राति महाराजगंजस्थित होटल साम्बालाको पछाडि एक निजी घरमा करोडौं रुपैयाँ बाजी राखेर जुवा खेलिरहेका २५ जना जुवाडेलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जानकारी गराएको हो । उनीहरुको साथबाट २ करोड ६७ लाख नगद पनि बरामद गरिएको छ । त्यसैगरी ३ लाखको नगद चेक, ३२ थान जुवा खेल्ने कौडा,४ बुक तास पनि उनीहरुको साथबाट बरामद गरिएको वृत्तका प्रमुख डिएसपी उमेश लम्सालले बताउनु भयो ।

डिएसपी लम्साल नेतृत्वको टोलीले सो जुवाखालमा छापा मारेको थियो । जुवाखालमा पेशेवर जुवाडेहरु संलग्न रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा क्यासिनो किङ भनेर चिनिने गुण्डा नाईके बलराम सापकोटा ‘बले’ लगायतका रहेको पनि डिएसपी लम्सालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्