सम्पन्नता की देवी लक्ष्मीको पुजा गरिँदै, विराटनगरमा यस्तो देखियो (फोटो फिचर)

सम्पन्नता की देवी लक्ष्मीको पुजा गरिँदै, विराटनगरमा यस्तो देखियो (फोटो फिचर)

विराटनगर । आज तिहारको लक्ष्मी पुजाको दिन घर घरमा लक्ष्मीको पुजा गरिएको छ। घरआँगनमा साँझ दीपावली गरी लक्ष्मीको पूजा गरिँदैछ । प्रत्येक नेपालीले आज गाईको गोबरले घर लिपपोत गरी चोखो नितो गरि साँझ धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक घरघरमा लक्ष्मी भित्र्याएका छन् । लक्ष्मी धनकी देवी हुन् ।

[caption id="attachment_98383" align="alignnone" width="800"] अन्य ठाउँहरुमा झै बिराटनगरमा पनि लक्ष्मी पुजाको चहल पहल देखिएको छ । तीथीको घटबढले लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी साँझ दीपावली गरेर लक्ष्मीलाई भित्र्याउने चलन छ ।  [/caption]

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

[caption id="attachment_98387" align="alignnone" width="931"] लक्ष्मी पुजा गरिँदै[/caption]

आजै साँझ समूह बनाई महिलाहरु घरघरमा भैलो खेल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्