सन्दकपुरमा एसएसबीको हस्तछेप: नेपाली भूभागभित्र निर्माण कार्यमा रोक

सन्दकपुरमा एसएसबीको हस्तछेप: नेपाली भूभागभित्र निर्माण कार्यमा रोक

इलाम ।  नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र सिमा मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरेपनि सानोतिनो समस्या अहिले पनि देखिइरहने गरेको छ । भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छ । एसएसबीले दशगजा क्षेत्रमा टेण्ट हालेर, हतियार राखेर बस्ने क्रम अहिले पनि चलिरहेको छ । देशकै पर्यटकिय गन्तव्य मानिएको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्यूटावर निर्माणमा रोक लगाएको छ । त्यो भ्यूटावर बन्दै गरेको जग्गा नेपालकै हो तर एसएसविले आफ्नो भन्दै रोक लगायो । निमार्णमात्रै हैन खाद्यान्नमा पनि रोक लगाएको छ । नेपाली भूभागमा दश गजा छाडेर होटल बनाउँन थाले पनि एसएसविले रोक लगाउने र दुख दिने गरेको स्थानीयको भनाई छ ।

इलाममा नेपाल भारत सिमानामा पर्ने ठाउँमा एसएसबीले दशगजाभित्रै पाल टाँगेरे र हतियार पनि सोभ्mयाएर बस्छन । भारतले बारम्बार सिमा मिचेर सँरचना बनाईरहन्छ तर नेपाली भूभागमा सँरचना बनाउदा पनि पटक पटक रोक लगाउने र दुख दिईरहने गरेको स्थानीयको भनाई छ । इलाम जिल्लाको भागमा पर्ने भारतीय सिमानामा जम्मा १४६ वटा सीमा स्तम्भहरू छन् । तीमध्ये मुख्य स्तम्भ १७ वटा र सहायक स्तम्भ ८३ र सानो स्तम्भ ४६ वटा भनिए पनि हाल मूख्य १६ सहायक ७० र सानो २१ वटा मात्र स्तम्भ रहेको सिमा प्रसासन कार्यलयका शाखा अधिकृत दयाकृष्ण ढकाल बताउनुहुन्छ ।
मानेभञ्ज्याङमा नेपाल र भारत तर्पm दशगजा क्षेत्रमा घर बनिएका छन् । यस्ता समस्या सिमानाका सानातिना सबै बजारमा रहेकाछन । पशुपतिनगरको फाटकमा भारतीयतर्पmबाट दशगजा क्षेत्रमा गुम्बा बनाएको छ । गुम्बा बनिन थालेपछि नेपाल तर्पmबाट पटकपटक पहल गरिएको भनिएपनि संरचना बनाएरै छाड्यो । ‘त्यहाँ ‘केन्द्रबाटै नापी टोली आएर नाप्दा पनि त्यो स्थान दश गजाभित्रै देखियो र पनि संरचना बनाउन रोकिएन । बरम्बार सिमाक्षेत्रमा भएको विषयमा राजनैतिक नेता भने नेपाल र भारतको सिमाना बैज्ञानीकरण नगरे सम्म सँधै समस्या भईरहने र यसका लागी सरकारले काम गरीरहेको पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो ।

छब्बिसेमा नेपाली भूभाग नै भारतपट्टि पारिएको छ । नापी टोलीले उक्त भाग भारततर्पm नै पर्ने भन्ने देखाएको भएपनि आधिकारिक र औपचारिक रूपमा त्यो भाग कता पर्छ भन्ने अहिलेसम्म टुङ्गो लगाइएको छैन । त्यहाँका बासिन्दाको नेपाली नागरिकता र नेपाली जग्गा पुर्जा छ । एसएसबीले बेलाबेला हतियार बोकेर नेपाली भागमा पस्ने, दशगजा क्षेत्रभित्र संरचना बनाउने गरेको छ । इलाम र भारत सिमाना सँगको लम्वाइ औषत ३८ किलो मिटर र अधिकतम ४५ किलोमिटर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्